समाचार
मैथिली चहट्गर चट्नीको बिमोचन बिराटनगरमा सम्पन्न

नरेशचन्द्र बरबरिया
बिराटनगर , जेठ २-
दहेज मुक्त मिथिला द्वारा आयोजना गरिएको अन्तरास्ट्रिय मैथिल समाजिक अभियन्ता सम्मेलन २०१६ रामजान्की सदनमा दुई दिबसिय कार्यक्रम अन्तर्गत पाँचौ सत्रमा मैथिली एल्बम चहट्गर चट्नीको बिमोचन गरियो अर्जुन प्रसाद गुप्ता "दर्दिला"को अध्यक्षतामा भएको कार्यक्रममा बरिस्ठ साहित्यकार धिरेन्द्र प्रेमर्षि द्वारा एल्बमको बिनोचन भएको हो।
विभिन्न स्थानका युवा गीतकारहरुको शब्द रहेको मैथिली गीती एल्बमको सम्पूर्ण गीतहरु अब बजारमा श्रोताहरुमाझ पस्किन लागेको हो। कुल १० ओटा गीत रहेको ‘चहटगर चटनी’मा अञ्जु यादव, तेजु मैथिल, आर.एन. सागर, जावेद अलिको सु–मधुर स्वर रहेको छ । विद्यानन्द वेदर्दी, विन्देश्वर ठाकुर, आर.एन. सागर, सुधीर सिंह, प्रयास प्रेमी मैथिल, नारायण मधुशाला, अशोक कुमार सहनी, राजदेव राजको शब्द रचना रहेको छ ।
शैलेन्द्र विश्वकर्माको जादुमय सङ्गीतमा बजारमा आउन लागेको उक्त गीती एल्बमको सल्लाहकारमा चर्चित मैथिली साहित्कार धीरेन्द्र प्रेमर्षि, मैथिली अभियानी प्रवीणनारायण चौधरी र साहित्यकार श्यामसुन्दर यादव ‘पथिक’ रहेका छन् ।आम मैथिलीप्रेमी श्रोताहरुका बीच अत्यधिक लोकप्रिय हुने आफूहरुको विश्वास रहेको गीतकार वेदर्दीले बताए ।यस एल्बममा सबै खाले गितहरु रहेकाले झन आनंदमय र लोकप्रिय रहने गायक तेजु मैथिलले बताए।