• :
  • :
    • On Air
    • Mithilanchal dallan Repeated
    • Up Next
    • Mithilanchal News

समाचार

सप्तरीमा एक महिनामा ९ जना बलात्कृत

सप्तरीमा एक महिनामा ९ जना बलात्कृत
चैत ६ गत्ते,सप्तरी ।
एक महिनाको अवधिमा सप्तरीमा ९ वटा बलात्कारका घटना भएका छन् ।
बलात्कारको घटनामा संलग्नहरु परिवारका सदस्य, छिमेकी र गाडीका चालकदेखि सहचालकसम्म रहेका छन् । एकपछि अर्को बलात्कारका घटना बढदै गएपछि सप्तरीका स्थानीय बासिन्दामा त्रास छाएको छ ।
गएको शुक्रबार माइक्रोबसमा लिफ्ट मागेकी १७ वर्षीय एक युवतीलाई सप्तरी–काठमाडौं चल्ने बा ५ प ३१४१ नम्बरको माइक्रोबसका चालक र सहचालकले बलात्कार गरेका थिए ।
बलात्कारमा संलग्न चालक सिरहाको भगवानपुर–९, घर भएका वैजनाथ दास र बाँकेको राप्ती सोनारी ५ का सहचालक खेमराज बैस्यले उनलाई गाडिभित्रै बलात्कार गरेका थिए । अहिले दुवैजना सप्तरी प्रहरीको नियन्त्रणमा रहेका छन् ।
यसअघि गएको शनिबार राति शम्भुनाथ नगरपालिका–३, कचन्दाहामा १८ वर्षीया युवतीमाथि ५ जनाले सामूहिक बलात्कार गरेका थिए । बलात्कारको आरोपमा पक्राउ परेका सबै पीडित युवतीका छिमेकी रहेको प्रहरीले जनाएको छ ।
गएको शुक्रबार पनि सप्तरीको विष्णुपुर गाउँपालिकाकी २६ वर्षीया महिलालाई गाउँकै २ जनाले बलात्कार गरेका थिए । फागुन २ गते खडक नगरपालिकाकी  ११ वर्षीया बालिकालाई आफ्नै काकाका छोराले घरमै बलात्कार गरी हत्या गरेका थिए । हत्यामा संलग्न रहेका १९ वर्षका राजदेव मण्डललाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । 
फागुन ३ गते छिन्नमस्ता गाउँपालिकाकी २ वर्षीया बालिकालाई उनका छिमेकीले बलात्कार गरेका थिए । बलात्कार गरेको आरोपमा ११ वर्षका बालक अहिले प्रहरीको नियन्त्रणमा रहेका छन् ।
फागुन ४ गते तिलाठी काइलाडी गाउँपालिका–७, मन्सापुरमा ११ वर्षकी बालिकालाई बलात्कार गर्ने सबैजनालाई घटनाको भोलिपल्टै प्रहरीले पक्राउ गरेको थियो । 
यो आर्थिक वर्षको अहिलेसम्म मात्रै सप्तरीमा २१ बलात्कार प्रयासका र  ९ वटा बलात्कारका घटना भएका छन् । यी घटनामा संलग्न रहेको आरोपमा १८ जनालाई प्रहरीले पक्राउ गरेको छ । अन्य संलग्नहरुको खोजी भैरहेको प्रहरीले जनाएको छ । 
प्रहरीका अनुसार अधिकांश बलात्कारका घटना छिमेकी र आफन्तबाटै भएका छन् । जिल्लामा बढ्दो बलात्कारका घटनालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालयले सामुदायिक चेतना अभियान सञ्चालन गर्ने तयारी गरेको छ ।
जिल्ला प्रहरी कार्यालयको समन्वयमा लैङ्गिक हिंसा विरुद्ध महिला सञ्जालको माध्यमबाट सप्तरीका विभिन्न स्थानमा सचेतना मूलक कार्यक्रम गर्ने तयारी गरिएको प्रहरी उपरीक्षक मुकेश सिंहले जानकारी दिनुभयो ।
 


यसमा तपाईको मत