• :
  • :
    • On Air
    • Mithilanchal dallan Repeated
    • Up Next
    • Mithilanchal News

समाचार

सात वर्षीय बालिकालाई बलात्कार गरी फरार रहेका ब्यक्ति पक्राउ

सात वर्षीय बालिकालाई बलात्कार गरी फरार रहेका ब्यक्ति पक्राउ
चैत ६ गत्ते,नवलपरासी ।
नवलपरासीको बर्दघाट नगरपालिकामा सात वर्षीय बालिकालाई बलात्कार गरी फरार रहेका ब्यक्तिलाई  प्रहरीले पक्राउ गरेको छ । बालिकालाई करणी गरेको आरोपमा प्रहरीले  बर्दघाट –१६ बस्ने ४७ वर्षका कमल चौधरीलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार चैत्र ३ गते दिउँसो बर्दघाट स्थित मुरलीटार जंगलमा बयर खान गएका दुईजना बालिकालाई ललाई फकाई चौधरीले बलात्कार गरेर फरार रहेका थिए ।
चौधरीलाई बर्दघाट स्थित मुरलीटार जंगलमा लुकेर बसेको अवस्थामा  पक्राउ गरीएको प्रहरीले जनाएको छ । पक्राउ परेका चौधरीलाई जबरजस्ती करणीको मुद्धा दायर गरी थप अनुसन्धानका गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।
 


यसमा तपाईको मत