• :
  • :
    • On Air
    • Mithilanchal News
    • Up Next
    • Hindi old Songs

समाचार

धनगढी प्रिमियर लिगको खेलतालिका सार्वजनिक

धनगढी प्रिमियर लिगको खेलतालिका सार्वजनिक
चैत ८ गत्ते,काठमाडौं
धनगढी प्रिमियर लिग क्रिकेट प्रतियोगिता डीपीएलको दोस्रो संस्करणको खेलतालिका सार्वजनिक भएको छ ।
धनगढी क्रिकेट एकेडेमी (डीसीए)द्वारा आयोजित प्रतियोगिता यही चैत १७ गतेदेखि शुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा १७ गते टिम चौराहा धनगढी र काठमाडौं गोल्डेन्सबीच प्रतिस्पर्धा हुनेछ ।
राउण्ड रोबिन लिगमा सञ्चालन हुने प्रतियोगिताको फाइलन खेल चैत ३० गते हुने आयोजकले जनाएको छ ।
प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगिसकेको आयोजकले जनाएको छ । प्रतियोगितालाई आईसीसीले पनि मान्यता दिएसँगै सहभागी ६ वटै टीमले विदेशी खेलाडी पनि भित्र्याउने प्रयास गरिरहेका छन् ।
 


यसमा तपाईको मत