• :
  • :
    • On Air
    • Bhojpuriya Whatsapp
    • Up Next
    • Nepal Khabar

समाचार

सकियो एसइईको पहिलो दिनको परीक्षा, अझै मर्यादित भएन

 
रंजन भण्डारी
 
महोत्तरी,८ चैत्र ।
 
देशै भर आज विहिवार देखि एसइई परीक्षा सुरु भएको छ । महोत्तरीमा समेत १०५ विद्यालयका परीक्षार्थीहरुले २९ परीक्षा केन्द्रवाट आज पहिलो दिनको अंग्रेजी विषयको परीक्षा सकेका छन ।
 
गत वर्षको परीक्षामा २५३ परीक्षार्थी निस्कासित भए । यसपाली भने पहिलो दिनको परीक्षामा ३ थान मोवाईल र केहि थान गाईड तथा गेसपेपरहरु अनुगमनको क्रममा  टोलीले जफत गर्यो । समग्रमा परीक्षा विगत भन्दा मर्यादित र शान्त भएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी बावुराम श्रेष्ठले प्रतिकृया दिए ।
 
नियमित तर्फ ७ हजार ३ सय  २१ र एक्जाम्टेड तर्फ ७०२ गरि कुल ८ हजार २३ परीक्षार्थी यसपाली महोत्तरीबाट सहभागी  भएका छन ।२९ केन्द्रको लागि २९ केन्द्राध्यक्ष,३८ सहायक केन्द्राध्यक्ष,३३५ निरिक्षक र १७६ सहयोगी परीक्षामा खटिएका हुन । साथै हरेक केन्द्रमा १५ जना सुरक्षाकर्मी समेत खटेका छन ।
 
यस्तो छ वास्तविकता ः
 
परीक्षा केन्द्रहरुको मुल गेटमै परीक्षार्थीहरुको खान तलासी गर्ने र हल भित्र चिट,गाईड र गेसपेपरहरु छिर्न नदिन सुरक्षाकर्मीको रोहवरमा शिक्षक वा केन्द्रमै खटिएकाहरुले चेकजाच गर्ने गरेपनि पहिलो दिनको परीक्षामा एक थान गेस पेपर समेत मुल गेटमा जाच गर्नेले निकाल्न सकेन । नाम मात्रको चेकजाच गरेकै कारण परीक्षार्थीहरुले निर्धक्कसंग हलभित्र आफुलाई चाहिने चिट,गेसपेपरहरु भित्रै छिराएको प्रत्यक्षदर्शीहरुको भनाई छ । अनुगमनका क्रममा महोत्तरीका प्रहरी प्रमुख एसपी कुवेर कडायतले केहि थान चिट,गेसपेपरहरु जफत गरे ।
 
यता अनुगमन टोली नपुगको र पुगेर फर्किसकेको केन्द्रहरुमा वाहिरवाट समेत चिटहरु पुर्याउने कार्य निर्वाधरुपमा भएपनि सुरक्षाकर्मीले खासै चासो नलिएको नाम नखुलाउने सर्तमा एक प्रत्यक्षदर्शीले बताए । उनले केहि केन्द्रहरु दुई देखि ४ लाखमै विक्री भएको समेत थपे ।
 
अभिभावकको आफ्नै गुनासो
 
जिल्लाकै एक परीक्षा केन्द्रमा आफ्नो छोरीलाई परीक्षामा सहयोग गर्न पुगेका एक अभिभावकले वर्षभरि विद्यालयले नपढाईदिदा वाध्य भएर छोरीलाई परीक्षामा सहयोग गर्न आएको वताए । उनले वेला वेलामा विद्यालय पुगेरै वच्चाहरुको पढाई नभएको जानकारी गराउदा समेत वेवास्ता गरिएको वताए ।
 
यस्तो छ जिशिकाको भनाई  
 
जिल्लामा रहेको ८६ सामुदायिक माध्यमिक विद्यालयहरु मा शिक्षकको न्युनतम संख्या ४२५ हुनु पर्नेमा २०७ स्थायी र ६५ राहत गरि कुल २७२ माध्यमिक शिक्षक मात्र रहेको जिल्ला शिक्षा कार्यालय महोत्तरीले जनाएको छ । विद्यालयहरुमा भएको शिक्षकहरुसंग नै पठन पाठनलाई निरन्तरता दिइएको,वेला वेलामा अनुगमन तथा विद्यालयहरुसंग प्रतिवद्धता समेत लिईएको र एसइई परीक्षा लक्षित गर्दै प्रत्येक विद्यालयमा कोचिंग कक्षा समेत संचालन गरिएकोले पढाई  स्तरिय नभएकोले परीक्षा अमर्यादित भएको भन्न नसकिने जिशिअ ठुलोवावु दाहालले बताए । उनले परीक्षामा अपेक्षाकृत सुधार आईरहेको थपे ।
 
 
 
शिक्षा मन्त्रीको पत्रकार सम्मेलन केहि वेरमा
 
यता शिक्षा मन्त्री गिरिराजमणी पोखरेलले अवको केहि वेरमा सदरमुकाम जलेश्वर स्थित उद्योग वाणिज्य संघको हलमा पत्रकार सम्मेलन गर्दै छन । समग्रमा आजको परीक्षा र त्यसमा देखिएको कमि कमजोरी र सुधारका वारे उहाले चर्चा गर्नु हुने अपेक्षा गरिएको छ ।
 


यसमा तपाईको मत