• :
  • :
    • On Air
    • Sapna sapne Rahigel
    • Up Next
    • Hindi Filmi Songs

समाचार

भोजपुरी फिल्म ‘बदला वन्स एगेन’ को सुटिंग जनकपुमा प्रारम्भ

भोजपुरी फिल्म ‘बदला वन्स एगेन’ को सुटिंग जनकपुमा प्रारम्भ
मिथिलाञ्चल समाचारदाता -
जनकपुरधाम , जेठ ५ गते । 
 
जनकपुरमा बुधबारदेखि एक भोजपुरी फिल्म ‘बदला वन्स एगेन’ नको सुटिंग प्रारम्भ भएको छ । सप्तरीका बासी धर्मेन्द्र यादव धर्मात्माको निर्देशनमा ‘बदला वन्स एगेन’को सुटिंग शुरु भएको हो । 
यस फिल्ममा दुई जना नायक र दुई जना नायिक छन् । जस्मा नायकका रुपमा किशोर कुमार सहनी र राजिव कुमार साह छन् । त्यस्तै नायिका द्धयमा भोजपुरी फिल्महरुमा काम गर्दै आएकी भारतीकी मधु र नेपाली फिल्महरुमा काम गर्दै आएकी पुनम कार्की रहेको निर्देशक धर्मात्माले जानकारी दिएका छन् । उनका अनुसार भोजरपुरी भाषाको यस फिल्ममा केहि मैथिली भाषा पनि मिसाईने छ । झण्डै १५ लाखको लागतमा निर्माण हुन लागेको ‘बदला वन्स एगेन’ फिल्मामा जम्मा २१ जना कालाकारहरु रहेका छन् । १५ लाख रुपैँयाको लगानीको उद्देश्य राखेर फिल्म निर्माण गर्न लागे पनि २५ लाखसम्म पुग्ने उनले बताए ।  
यस अघि निर्देशक धर्मात्माको निर्देशमा निर्माण भएको मैथिली फिल्म ‘सौतिनके बेटी’ हिट र राम्रो मार्केट लिएको मिथिलाञ्चल एफएमसंग कुरा गर्दै उनले बताएका छन् । अव यस पश्चात आफ्नै निर्देशनमा मैथिली फिल्म धारक पार र राधासंग मोहन सुटिंग हुने उनले बताए । जस्मा चर्चित गायक उदितनारायण झा र मैथिली चर्चित गायक माधवराईले स्वर दिएका छन् ।  
 


यसमा तपाईको मत