• :
  • :
    • On Air
    • Mithilanchal News
    • Up Next
    • Hindi old Songs

समाचार

बिहारका पूर्व मुख्यमन्त्री लालु यादवलाई १४ वर्ष जेल सजाय

बिहारका पूर्व मुख्यमन्त्री लालु यादवलाई १४ वर्ष जेल सजाय
चैत ११ गत्ते ।
भारतीय जनता दल आरजेडीका सर्वोच्च नेता लालुप्रसाद यादवलाई चौथो चारा घोटाला काण्डमाथिको मुद्दामा दोषी ठहर गर्दै १४ वर्ष जेल सजाय र ६० लाख भारतीय रूपैयाँ जरिवाना गर्ने निर्णय भारतीय केन्द्रीय अनुसन्धान विभाग, विशेष अदालतले सुनाएको छ ।
उहाँ सन् १९९० तिर सत्तामा रहेका समय दुम्का राज्यकोषबाट ३ करोड १३ लाख भारतीय रूपैयाँ बराबरको सम्पत्तीको दुरुपयोग गरेको आरोप छ । 
सिबिआईका न्यायाधीश शिवपाल सिंहले बिहारका पूर्व मुख्यमन्त्री यादवलाई भारतीय दण्ड संहिता आईपीसी तथा भ्रष्टाचार निवारण अधिनियम उल्लङ्घनका दुई फरक फरक अभियोगमा सात सात वर्ष गरी १४ वर्ष जेल सजाय तोकिदिएको बताउनुभयो । 
पूर्व मुख्यमन्त्री तथा भारतीय राजनीतिमा चर्चित व्यक्ति यादवका सल्लाहकार प्रभात कुमारले निर्णयपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै विशेष अदालतको निर्णयमाथि भारतीय उच्च अदालतमा पुनरावेदन गर्ने जनाउनुभयो ।
अदालतको यही मार्च १९ मा भएको सुनुवाईले ६९ वर्षीय आरजेडीका प्रभावशाली नेता यादवसहित १८ जनालाई उक्त काण्डमा दोषी ठहर गरेको छ । अदालतले सोही आरोपमा मुद्दा खेपिरहेका बिहारका अर्का पूर्व मुख्यमन्त्री जगन्नाथ मिश्रसहित १२ जनालाई निर्दोष ठहर गरेको छ । 
यादवलाई यस्तै आर्थिक हिनाविनाको अर्को एक मुद्दामा दोषी ठहर गर्दै गत वर्षको डिसेम्बर २३ देखि बिर्सामुन्डा जेल राँचीमा कारागार जीवन बिताइरहनुभएको छ । 
यादवको स्वास्थ्यमा समस्या देखिएपछि हाल राँचीस्थित राजेन्द्र इन्स्टिच्युट अफ मेडिकल साइन्स रिम्समा उपचार गराइरहनुभएको छ । 
 


यसमा तपाईको मत