• :
  • :
    • On Air
    • Bhojpuriya Whatsapp
    • Up Next
    • Nepal Khabar

समाचार

बल प्रकरणमा मुछिएपछि अष्ट्रेलियाका कप्तान र उप–कप्तानले दिए राजीनामा

बल प्रकरणमा मुछिएपछि अष्ट्रेलियाका कप्तान र उप–कप्तानले दिए राजीनामा
चैत ११ गत्ते ।
अष्ट्रेलियाको राष्ट्रिय क्रिकेट टिमका कप्तान स्टेफेन स्मिथ र उपकप्तान डेभिड वार्नरले राजीनामा दिएका छन् ।
साउथ अफ्रिकासँगको तेस्रो टेष्ट खेल्न बाँकी हुँदै आइतबार स्मिथले आफू कप्तानमा नरहेको जानकारी गराएका हुन् । साउथ अफ्रिकासँगको खेलमा भएको बल म्याचको बल ट्याम्परिङको प्रकरणमा आफूहरुको गल्ती स्वीकार्दै स्टेफेन र वार्नरले राजीनामा दिएका हुन् ।
अष्ट्रेलियाका प्रधानमन्त्री माल्कोलम टर्नबुलले अष्ट्रेलियाली क्रिकेटको नियमक निकाय क्रिकेट अष्ट्रेलियालाई स्मिथलाई कप्तानबाट हटाउन आग्रह गरेका थिए ।
 
यसअघि क्रिकेट अष्ट्रेलियाले घटनाबारे छानविन गर्ने बताएको थियो । प्रधानमन्त्री टर्नबुलले घटनाले आफूलाई ठूलो चोट पुर्याएको बताएका थिए । दक्षिण अफ्रिकासँगको तेस्रो टेष्टका क्रममा कप्तान स्मिथ र विकेटकिपर व्याट्सम्यान क्यामरोन बेनक्राफ्टले बल टेम्परिङ गरेको स्वीकार गरेका थिए । बेनक्रफ्टले बललाई रगडेर चम्काएको र आकार नै परिवर्तन गर्न खोजेको कुरा टेलिभिजन प्रसारणका क्रममा देखिएको थियो ।
 
त्यसको केही समयपछि बेनक्र्याफ्ट र स्मिथले आफूहरुबाट गल्ति भएको स्वीकार गरेका थिए । त्यसपछि बेनक्राफ्टलाई आइसीसीले स्पष्टीकरण सोधेको थियो । तर, कप्तान स्मिथले यसअघि आफूले गल्ती स्वीकार गरेर माफी मागे पनि टिमको कप्तानी नछाड्ने बताएका थिए। 
 


यसमा तपाईको मत