• :
  • :
    • On Air
    • Mithilanchal News
    • Up Next
    • Hindi old Songs

समाचार

रुसको मलमा आगलागी परि ज्यान गुमाउनेको संख्या ६४ पुग्यो

रुसको मलमा आगलागी परि ज्यान गुमाउनेको संख्या ६४ पुग्यो
चैत्त १२ गत्ते ।
रुसको साइबेरियामा रहेको व्यापारिक केन्द्रमा आगो लाग्दा ज्यान गुमाउनेको संख्या ६४ पुगेको छ । 
 
रुसी अधिकारीले आगलागीका कारण अझै १० जना हराइरहेको जानकारी दिएका छन् । रुसी सञ्चार माध्यमका अनुसार भवनको माथिल्लो तलामा आगो लागेको आागेले भवनको एक भाग नै भत्किएको छ । पीडितको उद्दारका लागि साढे ६ सय उद्धारकर्मी परिचालन गरिएको छ । आगो लाग्नुको कारण अहिलेसम्म खुलेको छैन । 
तर अनुसन्धान भने सुरु गरिएको रुसी अधिकारीले बताएका विविसीले जनाएको छ । सन् २०१३ मा खुलेको यो केन्द्रमा रेष्टुराँ, चिडियाघर, सिनेमा घरलगायत राखिएका छन् ।
 


यसमा तपाईको मत