• :
  • :
    • On Air
    • Tun Tun Kaka
    • Up Next
    • Mithilanchal News

समाचार

अमेरिकासँग रूसले लियो बदला, ६० कुटनीतिज्ञ निस्कासित

अमेरिकासँग रूसले लियो बदला, ६० कुटनीतिज्ञ निस्कासित
चैत १६ गत्ते । 
रुसले अमेरिकाका ६० कुटनीतिज्ञलाई निस्कासित गरेको छ । साथै सेन्ट पिटर्सवर्गको कन्सुलेट सेवा बन्द गर्ने निर्णय पनि रुसले गरेको छ ।
अमेरिकी कुटनीतिज्ञहरुलाई रुस छाड्न एक हप्ताको समय दिइएको बीबीसीले जनाएको छ ।
 
बेलायतमा एक पूर्व रुसी जासुस सर्गेई स्किपल र उनकी छोरी युलियालाई विष प्रयोग गरी हत्या गर्न खोजेको मामलामा अमेरिकाले गरेको कारवाहीको जवाफमा रुसले पनि यो निर्णय लिएको हो ।
 
यसअघि अमेरिकाले ६० रुसी कुटनीतिज्ञलाई निस्कासित गरेको थियो भने सिएटलस्थित रुसी वाणिज्य दूतावास बन्द गर्ने निर्णय गरेको थियो । विष प्रकरणमा रुसले नर्बेका एजेन्टमाथि कारवाही गरेपछि अहिले बदलास्वरुप एकअर्का देशका राजदूतहरुलाई निस्कासन गर्ने श्रृंखला नै चलेको छ ।
 
रुसी विदेशमन्त्री सर्गेइ लाभरोवले रुसी कुटनीतिज्ञलाई निस्कासित गर्ने देशहरुलाई समान जवाफ दिइने बताएका छन् । उनले जवाफी कारबाहीबारे अमेरिकालाई जानकारी गराइसकेको पनि बताएका छन् ।
 
रुसले अमेरिकी राजदूतहरुलाई निस्कासित गरेपछि अमेरिकाले कडा प्रतिक्रिया जनाएको छ । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले भनेका छन्, ‘रुसको यो कदमले अरु देशहरुसँग असल सम्बन्ध राख्न रुस अनिच्छुक छ भन्ने थाहा हुन्छ । अब अमेरिकालाई दोस्रो कदम चाल्ने अधिकार छ ।
 


यसमा तपाईको मत