• :
  • :
    • On Air
    • Mithilanchal dallan Repeated
    • Up Next
    • Mithilanchal News

समाचार

जनकपुरमा दीपक गुप्ता टी–२० क्रिकेट टुर्नामेन्ट हुने , नेपाल–भारतको ८ टीम खेल्ने

जनकपुरमा दीपक गुप्ता टी–२० क्रिकेट टुर्नामेन्ट हुने , नेपाल–भारतको ८ टीम खेल्ने
चैत्र १८ गत्ते, जनकपुरधाम ।
जनकपुरमा राष्ट्रिय स्तरको टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । जनकपुरका क्रिकेटका हस्ती स्वर्गीय दिपक गुप्ताको सम्झनामा धनुषा जिल्ला क्रिकेटसंघ धनुषाले अगामी वैशाख ७ गतेदेखि जनकपुरको बाह्रविघा मैदानमा टी–२० प्रतियोगिता गर्न लागेको हो ।
डीजीएमटीको तेश्रो संस्करण अन्तर्गत हुन लागेको यो क्रिकेट प्रतियोगितामा नेपाल भारतसहित ८ वटा क्रिकेट टीमले खेल्ने आयोजकले खेलमैदानमै पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । यस क्रिकेट प्रतियोगिताको प्रथम पुरस्कार ३ लाख ११ हजार रुपैयाँ नगद रहेको छ । त्यस्तै दोश्रो पुरस्कार १ लाख ७१ रुपैयाँ नग, उत्कृष्ट खेल्ने खेलाडीलाई प्रतिदिन म्यानअफदी म्याच सहित ५ हजार नगद र उत्कृष्ट खेलाडीलाई २१ हजार रुपैयाँ नगदको म्यान आफ द सीरीज एवं ट्रफी प्रदान गरिने टुर्नामेन्ट संयोजक सरोज मिश्रले जानकारी दिनुभयो ।
प्रतियोगितामा खेलमैदान व्यवस्थापनदेखि लिएर अन्य खेलसकिदाँसम्म ५० लाख रुपैयाँ खर्च हुने समेत संयोजक मिश्रले बताउनुभयो ।
डेढ महिनाअघिदेखि बाह्रविघा मैदानमा खेलमैदान व्यवस्थापनको काम चलिरहेको र खेल अवधिसम्म सम्पूर्ण काम सकिने जिल्ला क्रिकेटसंघ धनुषाका अध्यक्ष हिरा भगतले बताउनुभयो । यस टुर्नामेन्टको उद्देश्य घरेलु र नेपाली क्रिकेटलाई अन्तराष्ट्रिय स्तरमा पुर्याउने रहेको अध्यक्ष भगतको भनाई छ ।
टुर्नामेन्टमा क्रिकेट टीम जनकपुर, विरगंज क्रिकेट टीम, विराटनगर क्रिकेट एकेडमी, नेपाल पुलिस, त्रिभुवन आर्मी, एपीएफ, फोनेक्स क्रिकेट क्लब आशाम भारत र सोनेट क्रिकेट क्लब कानपुर भारतसहित ८ वटा टीमले भाग लिने आयोजकले जनाएको छ ।
पत्रकार सम्मेलनमा क्रिकेट प्रशिक्षक नविन सिंह , पिच क्विरेटर प्रफुल्ल राज घिमिरे , प्रह्लाद साह लगायतको उपस्थिति रहेको थियो ।
 


यसमा तपाईको मत