• :
  • :
    • On Air
    • Mithilanchal Maithili News
    • Up Next
    • Mithilanchal Dallan(Repeated)

समाचार

डीपीएल अन्तर्गतक रुपन्देहीमाथि सीबाईसी अत्तरियाको शानदार जित

डीपीएल अन्तर्गतक रुपन्देहीमाथि सीबाईसी अत्तरियाको शानदार जित
चैत १८ गत्ते,काठमाडौं ।
धनगढी प्रिमियर लिग क्रिकेट (डीपीएल)मा सीवाईसी अत्तरियाले ९ विकेटको शानदार जित निकालेको छ ।
रुपन्देही च्यालेन्जर्सलाई मात्र ६१ रनमा अलआउट गरेको अत्तरियाले मात्र ७.३ ओभरमा मात्र १ विकेट गुमाएर लक्ष्य भेट्टायो । सुवास खकुरेल १९ रनमा आउट भए । गोरभ चित्तरा ३० र प्रेम तामाङ १४ रनमा अविजित रहे ।
यसअघि पहिले ब्याटिङ गरेको रुपन्देहीले मात्र १५.२ ओभरमा सबै विकेट गुमाएर ६१ रन बनाएको थियो । उसका सुफयान मोहम्मदले २० रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।
उसलाई सस्तैमा समेट्ने क्रममा कमल सिंह ऐरीले ४ विकेट लिए भने शुभंकर उरावले ३ विकेट लिए ।
 


यसमा तपाईको मत