• :
  • :
    • On Air
    • Tun Tun Kaka
    • Up Next
    • Mithilanchal News

समाचार

डीपीएलमा सोमपालको टीम धनगढीको दोस्रो जित

डीपीएलमा सोमपालको टीम धनगढीको दोस्रो जित
चैत २०गते,धनगढी ।
टीम चौराहा धनगढीले धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको छ ।
मंगलबार भएको खेलमा धनगढीले महेन्द्रनगर युनाइटेडलाई ८ विकेटले पराजित र्गयो ।
महेन्द्रनगरले प्रस्तुत गरेको १३२ रनको सामान्य लक्ष्य धनगढीले १८ ओभरमा २ विकेट गुमाएर पूरा र्गयो । टोलीलाई जितसम्म डोर्होयाउने क्रममा सुनिल धमलाले अविजित ४६, युएईका खेलाडीद्वय रोहन मुस्ताफा र अस्फाक अहमदले क्रमशस् घण् र ३९ तथा सोनु तामाङले अविजित १५ रनको योगदान गरे ।
अविनास कर्ण तथा पुनित मेहराले १र१ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको महेन्द्रनगरले भारतीय खेलाडी पुनित मेहराको ४०, पुनित विष्टको २४ तथा भुवन कार्कीको ३२ रनको मद्दतले १३१ रन जोडेको थियो ।
महेन्द्रनगरलाई मध्यम स्कोरमा रोक्ने क्रममा ललित भण्डारीले ४ विकेट लिए । कप्तान सोमपाल कामी तथा सम्साद शेखको खातामा १र१ विकेट रह्यो ।
 


यसमा तपाईको मत