• :
  • :
    • On Air
    • Mithilanchal dallan Repeated
    • Up Next
    • Mithilanchal News

समाचार

सलमान खानलाई ५ वर्षको जेल सजाय

सलमान खानलाई ५ वर्षको जेल सजाय
चैत २२ गते 
कालो हिरण मारेको आरोपमा सलमान खानलाई पाँच वर्षको जेल सजाय सुनाइएको छ । 
जोधपुरको अदालतले सन् १९९८ मा सलमान खानले चलचित्र ‘हम साथ साथ हे’ का छायांकनका दौरानमा कालो हिरण मारेको आरोपमा सलमानलाई सजाय सुनाएको हो । सलमानलाई पाँच वर्षको जेल सजायसँगै १० हजार रुपैयाँ जरिवाना तोकिएको छ । सलमान खानलाई सेन्ट्रल जेल पठाउने तयारी भैरहेको छ । अदालतको फैसलाप्रति सलमान खानले अपील गर्न सक्नेछन् ।
सलमान खानलाई जोधपुरमा रहेको सेन्ट्रल जेलमा राखिने बताइएको छ । जहाँ आसाराम बापुलाई राखिएको छ । यही मुद्धामा अन्य कलाकार सैफ अली खान, तब्बू, सोनाली बेन्द्रे तथा नीलमलाई अदालतले सफाई दिएको थियो ।
 


यसमा तपाईको मत