• :
  • :
    • On Air
    • Mithilanchal dallan Repeated
    • Up Next
    • Mithilanchal News

समाचार

सिरियामा रासायनिक हतियार प्रयोग भएको भए कडा प्रतिउत्तर दिने ट्रम्पको चेतावनी

सिरियामा रासायनिक हतियार प्रयोग भएको भए कडा प्रतिउत्तर दिने ट्रम्पको चेतावनी
चैत २७ गत्ते ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियामा रासायनिक हतियार प्रयोग भएको भए त्यसको कडा प्रतिउत्तर दिने चेतावनी दिएका छन् । सिरियाले रासायनिक हतियार प्रयोग गरेको पुष्टि भएमा सिरियामाथि सैन्य कारवाही पनि हुन सक्ने बताएका छन् । सिरियाको गुटामा सरकारी सेनाले विषाक्त ग्यास आक्रमण गरेको भन्दै पश्चिमादेशहरुले चासो देखाइरहेका छन् । वेलायती प्रधानमन्त्री टरिजा मेले रसायनिक ग्यास आक्रमण गरिएको पुष्टि भएमा सिरियाली राष्ट्रपति बसर अल असद र उनका सहयोगीलाई नछोडिने चेतावनी यसअघि नै दिएका थिए । राजधानी दमासकस नजिकैको विद्रोही नियन्त्रित क्षेत्रमा रहेका डाक्टरहरूले क्लोरिन ग्याँसले असर गरेको बिरामीहरूको उपचार गरिरहेको बताएपछि रासायनिक हतियार प्रयोग गरेको आशंका गरिएको छ । तर यसको पुष्टि भइसकेको छैन । अन्तर्रा्ट्रिय कानुनले युद्धमा रासायनिक हतियारको प्रयोगमा पूर्णतया बन्देज लगाएको छ । सिरिया सरकारले भने घातक रासायनिक ग्याँसले हमला गरेको भन्ने आरोप अस्वीकार गरेको छ । 
 


यसमा तपाईको मत