• :
  • :
    • On Air
    • Mithilanchal News
    • Up Next
    • Hindi old Songs

समाचार

महोत्तरीमा ट्राफिक प्रहरीमाथि कुटपीट

महोत्तरीमा ट्राफिक प्रहरीमाथि कुटपीट
चैत २८ गत्ते,महोत्तरी ।
महोत्तरीमा सवारी जाँचको क्रममा एकजना ट्राफिक प्रहरी कुटिएका छन् । मनराशिसवा नगरपालिका – ६ मा मंगलबार सवारी जाँचका क्रममा ट्राफिक प्रहरी विन्देश्वर दासलाई स्थानीय बासिन्दाले कुटपीट गरका हुन् ।
बा. १९ प ४२४९ नम्बरको मोटरसाइकलमा रहेका ध्यानी सहनीलाई ट्राफिक प्रहरी दासले हेलमेट नलगाएको र सवारी साधनको कागजपत्र देखाउन भन्दा विवाद भएको थियो ।
विवाद बढ्दै जाँदा हातपात भएपछि ट्राफिक प्रहरी दाससँगै रहेका अर्का प्रहरीले मोटरसाइकल चालक सहनीलाई पक्राउ गरेर स्थानीय बलबा प्रहरी चौकीमा लगेका थिए । त्यसपछि एक्लै रहेका ट्राफिक प्रहरी दासलाई १५–२० जनाको समूहमा आएका  स्थानीयले कुटपीट गरेका हुन् ।
कुटपीटबाट घाइते भएका ट्राफिक प्रहरी दास जलेश्वर अस्पतालमा उपचार गराई कार्यालय फर्किनुभएको छ ।
कुटपीटमा संलग्न रहेको आरोपमा पक्राउ परेका स्थानीयबासिन्दा २९ वर्षका सत्रोहन सहनीलाई वलवा नगरपालिका वडा नम्बर – ६ का वडा अध्यक्ष र यहि नगरपालिकाका वडा नम्बर – ४ का वडाअध्यक्ष प्रमोद कुमार यादवको रोहवरमा बुधबार उपस्थित गराउने गरी छाडिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी नवरत्न पौडेलले जानकारी दिनुभयो ।  
 


यसमा तपाईको मत