• :
  • :
    • On Air
    • Mithilanchal Dallan(Repeated)
    • Up Next
    • Mithilanchal News

समाचार

तीन दिन अघि बेपत्ता कर्ण जंगलमा मृत भेटिए

तीन दिन अघि बेपत्ता कर्ण जंगलमा मृत भेटिए
चैत २८ गत्ते,सप्तरी ।
सप्तरी सप्तकोशी नगरपालिका–८ स्थित जंगलमा मंगलबार एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् ।
सोही नगरपालिका–१ फतेपुर बस्ने २८ वर्षीय रणधिरणलाल कर्ण मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
मृतकको शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्र नारायण सिँह सगरमाथा अञ्चल अस्पतालमा ल्याएको छ भने घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ । तीन दिनअगाडि कर्ण बेपत्ता भएका थिए ।
 


यसमा तपाईको मत