• :
  • :
    • On Air
    • Mithilanchal Maithili News
    • Up Next
    • Mithilanchal Dallan(Repeated)

समाचार

प्रदेश नंं २ को नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत

प्रदेश नंं २ को नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत
दिपक कर्ण 
चैत २८गत्ते,जनकपुरधाम।
प्रदेश नंं २ का सरकारले चालु आर्थिक वर्षको ४ महिनाको लागि प्रदेशको नीति तथा कार्यक्रम प्रदेश सभाको आजको वैठकमा प्रस्तुत गरेको छ ।
प्रदेश नंं २ का प्रमुख रत्नेश्वरलाल कायस्थले प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश सभाको वैठकमा प्रस्तुत गर्नु भएको छ ।
प्रदेश सरकारले प्रदेशको विकासका लागि कृषि, उद्योग तथा पर्यटनको विकासमा विषेश जोड दिने गरि अल्पकालिन, मध्यकालिन तथा दीर्घकालिन नीति लिएको छ । यसका साथै वैदेशिक रोजगारीमा जाने युवावाट प्राप्त भएको रेमिट्यान्सको प्रयोग उत्पादन मूलक क्षेत्रमा लगानी गर्नका लागि प्रोत्साहन गर्ने नीति पनि लिएको छ ।
प्रदेशमा बन्द अवस्थामा रहेको वीरगंज चीनि कारखाना, कृषि औजार कारखाना तथा जनकपुर चुरोट कारखानको सञ्चालनका लागि प्रदेश सरकारले संघीय सरकारसंग समन्वय र सहकार्य गरेर सञ्चालन गर्ने नीति तथा कार्यक्रममा समेटेको छ ।
यसका साथै कृषिमा आधारित उद्योगको स्थापना गर्ने, सिञ्चाईका लागि सुनकोशी कमला डाईभर्सन र वागमति तथा नारायणी नदिको प्रयोग गर्नका लागि प्रदेश सरकारहरु संग समन्वय र सहकार्य गरेर खेतखेतमा सिञ्चाई पुर्याउने नीति प्रदेश सरकारले लिएको छ । यसका साथै धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक महत्वको धार्मिक तीर्थस्लहरुको विकास, शौन्दर्यीकरण गरेर स्थानीय लोकनाच, लोकवाजा तथा परम्पराहरुको संरक्षण गरि आन्तरिक तथा वाह्य पर्यटन प्रबद्र्धनका लागि प्रदेश सरकारले कामकाज गर्ने नीति तथा कार्यक्रममा समेटेको छ ।
प्रदेशमा अर्गेनिक माछा उत्पादनमा जोड दिनुको साथै टमाटर तथा अन्य फलफूलमा आधारित घरेलु तथा साना उद्योगको स्थापनाका लागि युवाहरुलाई सहुलियत दरमा वैंकवाट ऋणम प्रवाह गराई स्वदेशमा नै रोजगारीको अवसर सृजना गर्ने नीति प्रदेश सरकारले लिएको छ ।
प्रदेश सरकारको नीति तथा कार्यक्रममा जनकपुर अञ्चल अस्पताल, गजेन्द्रनारायण सिंह अञ्चल अस्पाल तथा नारायणी उपक्षेत्रिय अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानकोरुपमा विकास गर्नुको साथै जानकी मेडिकल कलेज तथा नेशनल मेडिकल कलेजको स्तर सुधारका लागि अध्ययन समिति गठन गर्ने उल्लेख रहेको छ ।
यसका साथै प्रदेश लगानी वोर्डले वीरगंज– पथलैया, जलेश्वर–जनकपुर–ढल्केवर र रोपनी–राजविराज क्षेत्रलाई औद्योगिक कोरिडोरको रुपमा विकास गर्ने नीति तर्जुमा गर्ने नीति प्रदेश सरकारले लिएको छ ।
प्रदेशमा आउने प्रकृति विपत्ति तथा महामारीजन्य कारणवाट ज्यु–ज्यान गुमाउनेहरुको लागि उद्धार तथा पुर्नस्थापनाका लागि सर्वसधारणले पनि सहयोग गर्ने किसिमले मुख्यमन्त्री उद्धार तथा पर्नस्थापना कोषको स्थापना गरिने प्रदेश सरकारको नीति तथा कार्यक्रममा उल्लेख रहेको छ ।
यसका साथै मुख्यमन्त्री बेटी पढाउँ र बेटी बचाउँ अभियानलाई सफल बनाउनका लागि प्रदेश सरकारले विभिन्न विमा कम्पनीहरु साझेदारीमा छोरीहरुको शिक्षा विमा नीति ल्याएर भ्रुणमा नै छोरीको हत्या गर्ने शोचलाई समाप्त गर्नका लागि कडा कानूनको निर्माण गर्ने नीति पनि प्रदेश सरकारले लिएको छ ।
यसका साथै राष्ट्रिय गौरवका आयोजनाहरुको सफल कार्यान्वयनका लागि संघसंग प्रदेश सरकार सहयोगीको रुपमा भूमिका खेली योजनाहरुलाई तीब्रताका साथ सम्पन्न गराउनका लागि कामकाज गर्ने नीति प्रदेश सरकारले लिएको छ ।
यस अघि वैठकको शुरुमा प्रदेश नंं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थलाई सरकारको नीति तथा कार्यक्रम हस्तान्तरण गर्नु भएको थियो । प्रदेशका सभामुख सरोज कुमार यादवको अध्यक्षतामा वैठक बसेका थिए ।
 


यसमा तपाईको मत