• :
  • :
    • On Air
    • Mithilanchal Maithili News
    • Up Next
    • Mithilanchal Dallan(Repeated)

समाचार

डीपीएलःमहेन्द्रनगर युनाइटेड र काठमाडौं गोल्डेन्सबीचको खेल वर्षा र हावाहुरीका कारण रद्द

डीपीएलःमहेन्द्रनगर युनाइटेड र काठमाडौं गोल्डेन्सबीचको खेल वर्षा र हावाहुरीका कारण रद्द
चैत २८ गत्ते,कैलाली । 
धनगढी प्रिमियर लिग अन्तर्गत दोस्रो क्वालिफायर्स अन्तरगतको काठमाडौं गोल्डेन्स र महेन्द्रनगर युनाइटेडबीचको खेल वर्षा र हावाहुरीका कारण स्थगित भएको छ ।
संघीय इकाई प्रहरीको मैदानमा दिउसो साढे १२ बजेबाट सुरु भएको खेल पानी परेपछि बिहीबारलाई सारिएको छ । टस जितेर काठमाडौं गोल्डेन्सले फिल्डिङ रोजेपछि महेन्द्रनगर युनाइटेडले ब्याटिङमा आएको थियो । महेन्द्रनगरले दुई ओभरमा ८ रन बनाएको छ ।
लिग चरणमा अपराजित भएको काठमाडौं पहिलो क्वालिफायर्समा घरेलु टिम तथा साविकको विजेता धनगढी टिम चौराहसँग एक विकेटले पराजित भएको थियो ।
लिगको शीर्ष स्थानमा रहेका कारण उसले हारे पनि फाइनलमा पुग्न अर्को मौका पाएको हो । यस्तै महेन्द्रनगरले सीवाईसी अत्तरियालाई १५ रनले पराजित गर्दै क्वालिफायर्समा पुगेको हो ।
लिग चरणमा महेन्द्रनगर तेस्रो स्थानमा रहेको थियो । जारी सिजनमा यी दुई टिम दोस्रो पटक खेल्न लागेका हुन् ।
लिग चरणमा यी दुई टिम विचको खेल वर्षाका कारण रद्द भएको थियो । बिहीबारको विजेताले उपाधिका लागि शुक्रबार टिम चौराहसँग खेल्नेछ ।
 


यसमा तपाईको मत