• :
  • :
    • On Air
    • Mithilanchal News
    • Up Next
    • Hindi old Songs

समाचार

कैदी—थुनुवा धेरै भएपछि बसाइमा अप्ठ्यारो, बिरामी हुने क्रम बढ्यो

कैदी—थुनुवा धेरै भएपछि बसाइमा अप्ठ्यारो, बिरामी हुने क्रम बढ्यो
चैत २९ गत्ते,महोत्तरी ।
महोत्तरी जलेश्वरस्थित कारागारमा कैदी(थुनुवा बिरामी हुने क्रम ह्वात्तै बढेको छ । 
गर्मी बढेसँगै कारागारका कैदी÷थुनुवा बिरामी हुने क्रम ह्वात्तै बढेको हो । श्वासप्रश्वास, रुघाखोकी, ज्वरो, निमोनिया र लुतोलगायत रोगका बिरामी ह्वात्तै बढेको कारागार प्रशासनले जनाएको छ । 
कारागारले थेग्नै नसक्ने गरी कैदी÷थुनुवालाई यहाँ न्यायिक निकायले पठाइ दिने गरेपछि उनीहरुको बसाइ व्यवस्थापन मिलाउन गा¥हो भएसँगै बिरामी हुने क्रम बढेको कारागार प्रशासनले स्वीकार गरेको छ । 
अहिले दिनहूँ नियमित उपचार लिनेकोे सङ्ख्या १२५ को हाराहारीमा रहेको कारागार प्रमुखसमेत रहनुभएका वरिष्ठ स्वास्थ्यकर्मी शोभेन्द्र ठाकुरले बताउनुभयो । एक सय ३५ जना क्षमता भएको सो कारागारमा अहिले झण्डै चौब्बर सङ्ख्याका कैदी÷थुनुवा भएपछि बसाइ कै अप्ठ्यारोले बिरामी हुने क्रम बढेको कारागार प्रमुख ठाकुरको भनाइ छ । 
कारागारमा पुरुष र महिलाका लागि दुई छुट्टाछुट्टै कक्ष छन् । अहिले महिला कक्षमा पाँच आश्रित बालबालिकासहित ५५ र पुरुष कक्षमा ४१५ जना गरी कुल ४७० कैदी÷थुनुवा छन् । 
 


यसमा तपाईको मत