• :
  • :
    • On Air
    • Tun Tun Kaka
    • Up Next
    • Mithilanchal News

समाचार

जनतान्त्रिक तराई मुक्ती मोर्चाका अध्यक्ष राजन मुक्तिलाई जन्म कैदको सजाय

जनतान्त्रिक तराई मुक्ती मोर्चाका अध्यक्ष राजन मुक्तिलाई जन्म कैदको सजाय
चैत २९ गत्ते,जनकपुरधाम ।
जनतान्त्रिक तराई मुक्ती मोर्चाका अध्यक्ष रंजित झा भनिने राजन मुक्तिलाई जिल्ला अदालत धनुषाले जन्मकैदको सजाय सुनाएको छ ।
जिल्ला अदालत धनुषाका मुख्य न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले मुक्ति संलग्न छुटटछुट्टै चार वटा मुद्दामा फैसला सुनाएको छ । जसमध्ये तीन वटामा जन्म कैदको सजाय सुनाएको छ ।
कृष्णराज सिंहको जाहेरीमा सरकार वादी रहेको अपहरण तथा कर्तव्य ज्यान मुद्दामा जन्म कैदको सजय सुनाएको हो ।
यस्तै कालीमाया तामाङको जोहरीमा वादी नेपाल सरकार रहेको कर्तव्य ज्यान, नरेश झाको प्रतिवेदनले जाहेरी नेपाल सरकार कर्तव्य ज्यान मुद्दा जन्म कैदको सजाय सुनाएको छ ।
तराईमा विभिन्न हिंसात्मक गतिविधि संचालन गर्दै आएको राजन मुक्तिलाई भारतको पटनाबाट पक्राउ गरिएको थियो । उनीमाथि धनुषा, महोत्तरी, सिरहा र सप्तरीमा विभिन्न हिंसात्मक गतिविधि गरेको मुद्दा छन् ।
 


यसमा तपाईको मत