• :
  • :
    • On Air
    • Sapna sapne Rahigel Repeated
    • Up Next
    • Mithilanchal dallan Repeated

समाचार

युएईमा अब महिला र पुरुषको समान कामको समान ज्याला

युएईमा अब महिला र पुरुषको समान कामको समान ज्याला
चैत २९ गत्ते ।
युएईको मन्त्रीपरिषदले समान ज्याला सम्बन्धी नयाँ कानुनको मस्यौदा पारित गरेको छ ।
महिला र पुरुषले समान काम गरेवापत समान ज्याला पाउने नयाँ नियम युएईको मन्त्रीपरिषदले गएको मंगलबार पारित गरेको हो । समान ज्यालाको यो कानुन महिला सशक्तिकारणका लागि राष्ट्रिय रणनीतिको रुपमा ल्याइएको युएईले जनाएको छ ।
यसअघि गएको मार्च एक तारिखदेखि महिलाले तीन महिने तलबसहितको बिदा पाउने निर्णय गरेको थियो । युएईको सार्वजनिक क्षेत्रमा ६६ प्रतिशत र ३० प्रतिशत महिलाले नेतृत्व तहमा काम गरिरहेका छन् । अब ज्यालाको सम्बन्धमा महिला र पुरुषबीच कुनै असमानता नहुने युएईले जनाएको छ ।
नयाँ कानुनमा युएईको फेडरल नेशनल काउन्सिल र राष्ट्रपतिले हस्ताक्षर गर्न बाँकी छ । हस्ताक्षर भएपछि यो कानुन रुपमा लागु हुनेछ ।
 


यसमा तपाईको मत