• :
  • :
    • On Air
    • Kayakairan
    • Up Next
    • Mithilanchal Maithili News

समाचार

साढे ३३ केजी सुन काण्डः एक अभियुक्तद्वारा हिरासतमै आत्महत्या,प्रहरी उच्च अधिकारी पनि शंकाको घेरामा, १९ जना समातिए

साढे ३३ केजी सुन काण्डः एक अभियुक्तद्वारा हिरासतमै आत्महत्या,प्रहरी उच्च अधिकारी पनि शंकाको घेरामा, १९ जना समातिए
चैत्र ३०गत्ते, काठमाडौं । 
साढे ३३ केजी सुन प्रकरणमा समातिएका एक जना अभियुक्तले प्रहरी हिरासतमै आत्महत्या गरेका छन् ।
महानगरीय प्रहरी वृत्त, अनामनगरको हिरासतमा रहेका बर्दियाको राजापुर नगरपालिका(७ का प्रेमराज चौधरीले आत्महत्या गरेका हुन् । प्रहरीका अनुसार उनी नेपाल वायु सेवा निगममा लोडरको रूपमा कार्यरत थिए ।
काठमाडौं प्रहरी परिसरका अनुसार उनले बिहान ५ बजे गाडी बाथरुममा आत्महत्या गरेको थिए ।
यसअघि माघ अन्तिम साता यूएईबाट त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल हुँदै आएको तस्करीको साढे ३३ केजी सुन सम्बन्धित व्यक्तिसम्म नपुगी गायब भएको थियो । र, त्यो सुन खोज्ने क्रममा भरिया शनम शाक्यलाई टर्चर दिएर हत्या गरिएको थियो ।
घटनालाई लुकाउन प्रहरीले भूमिका खेलेको आरोप छ । यसबारे छानविनका क्रममा महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमख एसएसपी दिवेश लोहोनी, डीएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेल हेडक्वार्टर तानिएका छन् ।
घटनाको अनुसन्धान गर्न गृहमन्त्रालयले सह–सचिव ईश्वर पौडेल नेतृत्वको छानबिन समिति बनाएको छ भने प्रहरी प्रधान कार्यालयले प्रहरी नायब महानिरीक्षक (डीआईजी) पुष्कलराज रेग्मीको नेतृत्वको समिति बनाएको थियो ।
 
घटनामा संलग्न भएको आरोपमा अहिलेसम्म १९ जना पक्राउ परेका छन् । घटनामा प्रहरीकै उच्च अधिकारीहरुको समेत संलग्नता रहेको हुन सक्ने अनुसन्धान समितिले आशंका गरेको छ ।
 


यसमा तपाईको मत