• :
  • :
    • On Air
    • Mithilanchal News
    • Up Next
    • Bhojpuriya Whatsapp

समाचार

धोनीको टिम सीएसकेलाई अर्को धक्काःसुरेश रैनाले दुई खेल्न नसक्ने

धोनीको टिम सीएसकेलाई अर्को धक्काःसुरेश रैनाले दुई खेल्न नसक्ने
चैत्र ३०गत्ते । 
चेन्नेई सुपर किङ्सका खेलाडी सुरेश रैनाले दुई खेल गुमाउने भएको छन् । पिंडौलाको चोटका कारण रैनाले दुई खेल गुमाउने भएका हुन् ।
आईपीएल भएको कोलकता नाइट राइडर्स्विरुद्धको खेलमा रैनालाई पिडौलामा चोट लागेको थियो । मंगलबार भएको खेलमा सुनिल नारिनको बलमा १ रन लिने क्रममा रैनालाई चोट लागेको थियो ।
चेन्नेईले यो बीचमा पञ्जाब र राजस्थानसँग खेल्नेछ ।
जसका कारण चेन्नेइलाई आगामी खेलमा केही दबाव हुनेछ । यसअघि चन्नेईका केदार जाधब ह्यामस्ट्रिंगका पूरै सिजन गुमाउने पक्का भइसकेको छ ।
अर्कोतर्फ कावेरी नदीको विवादका कारण चेन्नेइले आफ्नो घरेलु मैदानमा खेल्न नपाउने भएको छ । दुई वर्षपछि आईपीएलमा फर्किएको सीएसकेका फ्यानले घरेलु मैदानमा चेन्नेईको खेल हेर्न नपाउने भएका छन् । 
 

 



यसमा तपाईको मत