• :
  • :
    • On Air
    • Mithilanchal Dallan(Repeated)
    • Up Next
    • Mithilanchal News

समाचार

सत्तु खाएर मिथिलाञ्चलमा नयाँ वर्ष मनाइँदै

सत्तु खाएर मिथिलाञ्चलमा नयाँ वर्ष मनाइँदै
मिथिलाञ्चल समाचारदाता
बैशाख १ गत्ते,जनकपुरधाम ।
आज नयाँ वर्ष २०७५ शाल,बैशाख १ गत्ते । आजको दिन मिथिलाञ्चलम सत्तु —गुड खायी सतुआईन गरिन्छ ।
बैशाख १ गत्ते अर्थात् आजको दिन मिथिलाञ्चलमा घर— आंगन लिपपोत गरी पवित्र गर्ने गरिन्छ । माटोको घर—आँगन गाईको गोबरले लिपपोत गरिन्छ । सतुआइनको दिन कुलदेवतालाई चनाको सत्तु तथा गुड प्रसाद चढाइने चलन रहेको छ ।  मिथिलाञ्चलमा वैशाख १ गत्ते चामल तथा गँहुको दालपुरी पकाईने चलन पनि रहेको छ । आजको दिन दालपुरी पकाएको खण्डमा वर्ष भरी घर भरिभराउ रहने लोकमान्यता रहेको छ । 
मिथिलाञ्चलमा नयाँ वर्षको सुरुवात सत्तु,गुड तथा खीर,पुरी खायी मनाइन्छ । साथै आजको दिन किशानहरुले फलफुल तथा तरकारीहरु रोप्ने गर्दछन् ।
 


यसमा तपाईको मत