• :
  • :
    • On Air
    • Mithilanchal Dallan(Repeated)
    • Up Next
    • Mithilanchal News

समाचार

राराबाट प्रधानमन्त्रीको उद्घोषःजनतालाई गरिबीबाट माथि उठाउन सशक्त अभियान

राराबाट प्रधानमन्त्रीको उद्घोषःजनतालाई गरिबीबाट माथि उठाउन सशक्त अभियान
वैशाख १ गत्ते,काठमाडौं । 
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई निरपेक्ष गरिबीबाट माथि उठाउन सरकारले सशक्त अभियान चलाउने बताएका छन् । ‘जनतालाई निरपेक्ष गरिबीबाट माथि उठाउन सशक्त अभियान चलाइने छ,’ मुगुको राराबाट शनिबार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने । 
 
सन् २०३० सम्ममा दिगो विकास लक्ष्यका १७ लक्ष्य र १८३ सहायक लक्ष्य पूरा गर्न सरकार डटेर लाग्ने उनको भनाइ छ । उनले लगानीको अवसर सिर्जना गरिने भन्दै निर्धक्क भएर लगानी गर्न लगानीकर्ताहरूलाई आह्वान पनि गरे । साथै प्रधानमन्त्री ओलीले भ्रष्टाचारविरुद्ध आफू निर्मम हुने उल्लेख गर्दै विधिको शासन कडाइका साथ लागू हुने बताए । 
 
प्रधानमन्त्रीले गएको वर्षलाई राजनीतिक उथलपुथलको वर्ष भने । ‘गएको वर्ष राजनीतिक उथलपुथलको वर्ष रह्यो, संक्रमणकालको अन्त्य भयो, देशलले विकासप्रेमी तथा अग्रगामी सरकार पायो, संविधन सफल कार्यान्वयनको बाटोमा अघि बढ्यो,’ प्रधानमन्त्रीले भने । निष्ठा र इमानको कुनै सिमाना हुँदैन भन्दै उनले नेपाल छिट्टै सम्पन्न बन्ने बताए । ‘नेपाल बन्छ, बन्दैछ,’ प्रधानमन्त्रीले भने ।
 


यसमा तपाईको मत