• :
  • :
    • On Air
    • Mithilanchal News
    • Up Next
    • Bhojpuriya Whatsapp

समाचार

सिरियामा रासायनिक हतियार भएका क्षेत्रमा अमेरिका सहितका पश्चिमा राष्ट्रद्वारा आक्रमण सुरु

सिरियामा रासायनिक हतियार भएका क्षेत्रमा अमेरिका सहितका पश्चिमा राष्ट्रद्वारा आक्रमण सुरु

वैशाख १ गत्ते ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सेनालाई बेलायत र फ्रान्सको सहकार्यमा युद्धग्रस्त सिरियामा रासायनिक हतियार भएका स्थानहरुमा आक्रमण गर्न स्विकृति दिएका छन्। गत साता सिरियाको डोमामा विद्रोही लक्षित कारबाहीका क्रममा सरकारी सेनाले रासायनिक हतियारको प्रयोग गरेपछि प्रतिक्रियास्वरुप अमेरिकासहित पश्चिमा राष्ट्रहरुले आक्रमण सुरु गरेका हुन्। राष्ट्रपति ट्रम्पले राष्ट्रका नाममा सम्बोधन गर्दै भने,‘सिरियामा बेलायत र फ्रान्सको सेनासहितको संयुक्त कारबाही सुरु भएको छ।।’ राजधानी दमासकसमा केहि विष्फोटका घटनाहरु प्रकाशमा आएको बिबिसीले लेखेको छ। बेलायती प्रधानमन्त्री थेरेसा मेले संयुत्तः कारबाहीमा आफ्नो सहभागिता पुष्टि गर्दै भनिन्–‘त्यहाँ सुरक्षा कारबाही सुरु गर्नुको अन्य कुनै व्यवहारिक विकल्प थिएन।’ उनले सो कारबाही सिरियाको शासनसत्ता परिवर्तनका लागि भने नभएको स्पष्ट पारेकी छिन्। सिरियाली सरकारले रासायनिक हतियारहरु भण्डारण गरेर राखेका स्थानहरुमा मात्रै सुरक्षा कारबाही गर्न ट्रम्पले निर्देशन दिएका छन्। सम्बोधनका क्रममा उनले भने,‘यो आक्रमणको उद्देश्य रासायनिक हतियारहरुको उत्पादन, उपयोग तथा वितरण गर्ने कार्यको निवारण गर्नु हो।’ ‘सिरियाली जनताका लागि भन्दै यो विद्रोहीविरुद्ध कुनै मानिसले गरेको आक्रमण होइन, यो त सरासर एक राक्षसले गरेको अपराध हो।’, सिरियाली राष्ट्रपति बसर अल–असदलाई इन्गित गर्दै राष्ट्रपति ट्रम्पले भने। सिरियाले भने लगातार रुपमा रासायनिक हतियारको प्रयोग नगरेको बताउँदै आएको छ। उता युद्धमा सिरियालाई सघाउँदै आएको रुसले भने पश्चिमा राष्ट्रहरुले आक्रमण गरे त्यो उनीहरुका लागि नै खतरनाक हुनसक्ने चेतावनी दिएको छ। गतसाता सिरियाको गुटामा भएको रासायनिक आक्रमणमा परी ७० भन्दा बढीको मृत्यु भएको थियो।



यसमा तपाईको मत