• :
  • :
    • On Air
    • Mithilanchal Dallan(Repeated)
    • Up Next
    • Mithilanchal News

समाचार

आईपिएलमा बैंगलोरको पहिलो जित

आईपिएलमा बैंगलोरको पहिलो जित
वैशाख १ गत्ते ।
इन्डियन प्रिमियर  लिग(आईपिएल)मा रोयल च्यालेन्जर्स बैंगलोर(आरसिबी)ले पहिलो जित निकालेको छ। शुक्रबारको खेलमा आईसिबीले पंजाबलाई ५ विकेटले पराजित गरेको हो। 
टस जितेर फिल्डिङ रोजेको आरसिबीले १ सय ५६ रनको लक्ष्य पाएको थियो। ३ बल बाँकी रहदा उसले ५ विकेट गुमाएर लक्ष्य पुरा गर्याे। 
राम्रो सुरुवात गरेको पंजाबले चौथो ओभरमा तीन विकेट गुमाएपछि उसको ब्याटीङ धरासयी बनेको थियो। 
 
१९.२ ओभरमा पंजाब १ सय ५५ रनमा अलआउट भएको थियो। 
 
पहिलो ओभरमै पंजाबले आरसिबीका ब्रेन्डन म्याकलमको विकेट लिएपनि एबी डेभिल्लर्सको अर्धसतकको सहयोगमा आरसिबीको जित सहज बन्यो। 
डिभिल्लर्सले ४० बलमा ५७ रन जोडे। आरसिबीका लागि क्वान्टन डि ककले ४५ तथा कप्तान बिराट कोहनीले २१ रन जोडेका थिए। 
 
पंजाबका लागि केएल राहुलेले सर्वा्धिक ४७ रन जोडेका थिए। 
 
पहिलो खेलमा बैंगलोर कलकत्तासँग पराजित भएको थियो।  पंजाबले भने पहिलो खेलमा दिल्लीलाई पराजित गरेको थियो। 
 


यसमा तपाईको मत