• :
  • :
    • On Air
    • Tun Tun Kaka
    • Up Next
    • Mithilanchal News

समाचार

अज्ञात समूहद्वारा क्रसर उद्योगमा आगजनी, १० करोडको क्षति

अज्ञात समूहद्वारा क्रसर उद्योगमा आगजनी, १० करोडको क्षति
वैशाख १ गत्ते,काठमाडौं ।
नमोबुद्ध नगरपालिका –६ मा रहेको ब्लू साईन रोडा ढुंगा उद्योगमा अज्ञात समूहले आगजनी गरेको छ ।
काँग्रेस नेता कुन्साङ लामाले सञ्चालन गरेका उद्योगमा शुक्रबार राती १२ बजे ८र९ जनाको समूहमा गएका व्यक्तिहरुले पेट्रोल छर्केर आगजनी गरेको जिल्ला प्रहरी प्रमुख एसपी सहकुल थापाले जानकारी दिनुभयो । प्रहरीका अनुसार आगलागीबाट क्रसरमा भएको २ वटा स्काभेटर, एउटा जेसीबी, ४ वटा ट्रिपर र एउटा जेनेरेटर जलेर नष्ट भएको छ भने अन्य ६ वटा ट्रिपर तोडफोड भएको छ ।
सञ्चालक कुन्साङ लामाले केही हतियारधारीहरु आएर क्रसरमा भएको आफ्ना कर्मचारीहरुलाई एउटा कोठामा थुनेर पेट्रोल छर्केर आगजनी गरेको जानकारी दिनुभयो । आगजनी र तोडफोडमा संलग्नको खोजीकार्य तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय काभ्रेमा प्रमुख एसपी थापाले जानकारी दिनुभयो ।
आगजनी र तोडफोडबाट झण्डै १० करोडको क्षति भएको जनाइएको छ ।
सेनाले बम निष्क्रिय र्पायो
ब्लु साईन रोडा ढुंगा उद्योग जाने बाटोमा राखिएको बम भने नेपाली सेनाले निष्क्रिय पारेको छ । चौकीडाँडा –सिपाली जाने बाटोको प्रवेशद्धार चौकीडाँडा, दाप्ता खोलामा भेटिएको प्रेसरकुकर बम सेनाले निष्क्रिय पारेको एसपी थापाले जानकारी दिनुभयो ।
घटनामा विप्लब माआवादी संलग्न भएको आशंका गरिए पनि अहिलेसम्म घटना कसले घटायो, बम कसले राख्यो भनेर थाहा नभएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
 


यसमा तपाईको मत