• :
  • :
    • On Air
    • Mithilanchal dallan Repeated
    • Up Next
    • Mithilanchal News

समाचार

प्रदेश २ का उद्योग मन्त्रीलाई उपचारको लागि हेलिकप्टरबाट काठमाडौं लगियो

प्रदेश २ का उद्योग मन्त्रीलाई उपचारको लागि हेलिकप्टरबाट काठमाडौं लगियो
वैशाख १ गते,जनकपुरधाम ।
प्रदेश–२ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश रायको स्वास्थ्यमा समस्या भएपछि थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौ लगिएको छ ।
रायको मुटुमा समस्या देखिएको उनका निजी सचिव सन्तोष प्रतिहस्तले बताए ।
शुक्रबार राति ११ बजे गृह जिल्ला सर्लाहीको पर्सा पुगेका रायको शनिबार बिहान देखि छाती दुखे पछि सदरमुकाम मलंगवास्थित ओम हस्पिटलमा भर्ना भएका थिए ।
चिकित्सकले उनको मुटुमा समस्या रहेको बताएपछि थप उपचारका लागि काठमाडौं लागिएको हो । बिहान १० बजे हेलिकप्टरबाट काठमाडौं लगेर हृदय रोग केन्द्रमा भर्ना गराएको निजी सचिव प्रतिहस्तले बताए ।
साभारःकान्तिपुर
 


यसमा तपाईको मत