• :
  • :
    • On Air
    • Mithilanchal Maithili News
    • Up Next
    • Mithilanchal Dallan(Repeated)

समाचार

वैशाख १ गते फुल्ने फुल हेर्न सल्हेस फुलवारीमा भीड

वैशाख १ गते फुल्ने फुल हेर्न सल्हेस फुलवारीमा भीड
वैशाख १ गते,सिरहा ।
सिरहाको ऐतिहासिक धार्मिकस्थल राजा सल्हेसको मन्दिरमा बैसाख १ र २ गते लाग्ने मेलामा नेपालका विभिन्न जिल्ला र भारतीय हजारौं दर्शालु भक्तजनहरुको भीड लागेको छ ।
 
लहान नगरपालिका १२ र २२ मा पर्ने सल्हेस फुलबारीको मन्दिर, लहान १८ गोविन्दपुरस्थित मानिकदह पतारीस्थित पताइर पोखरी र सिरहा नगरपालिकास्थित राजा सल्हेसको मन्दिरमा भक्तजनहरुको भीड लागेको हो । पकडियागढ, मानिकदह, सल्हेस फुलबारीमा बैशाख १ र पताइर पोखरी र सल्हेस मन्दिरमा बैशाख २ गते तराइमा मनाइने जुडसितल पर्वका दिन मेला लाग्ने गर्छ ।
 
इतिहासमा दलित जातिबाट एकमात्र राजा भएका सल्हेसको सम्झना मेला लाग्ने गरेको वयोबृद्धहरुको भनाई छ । उनको सम्झनामा जिल्लाका ऐतिहासिक स्थलहरुमा पूजा गर्न भक्तजनहरु आउने गरेको स्थानीय बृद्धहरु बताउँछन् ।
आज यी ऐतिहासिक तथा धार्मिक मन्दिरमा मेला लाग्दा ती मन्दिरमा पासवान समुदायका पुजारीहरु बस्ने गर्छन् । मधेसमा पासवानलाई दलित समुदाय भन्दै हेप्ने प्रवृत्ति अहिले पनि छ ।
 
दलित राजा सल्हेसका सन्तती दुसाध अर्थात पासवान जाती नै मन्दिरका पूजारी हुने भएकोले आजको दिन सबै समुदायका मानिसहरुले उनीहरुको हातबाट टिका र प्रसाद ग्रहण गर्छन् ।
यो मेलाको प्रमुख विशेषता नै यही हो । मेला हेर्न आएका जुनसुकै जातका व्यक्तिहरु छुवाछुतको भावना बिर्सेर श्रद्धापूर्वक प्रसाद ग्रहण गरिहेका दृष्यहरु देख्न सकिन्छ ।
 


यसमा तपाईको मत