• :
  • :
    • On Air
    • Tun Tun Kaka
    • Up Next
    • Mithilanchal News

समाचार

जन्ताको नैसर्गीक अधिकार हनन भएको औरही नगरपालिकाका उप—मेयर झाको आरोप

जन्ताको नैसर्गीक अधिकार हनन भएको औरही नगरपालिकाका उप—मेयर झाको आरोप
०१ बैशाख
जनकपुरधाम
स्थानीय निकाय गठन भए पनि जन्ताले स्थानीय निकाय बाट पाउनु पर्ने सेवा सुविधा औरही नगरपालिकामा नपाएको नगरपालिकाका उप—मेयर रेणु झाले विज्ञप्ति मार्फत जनाउनु भएको छ। औरही नगरपालीकाको जन्ता स्थानीय तह बाट पाउनु पर्ने आधारभुत सेवा सुविधा सजिलै पाउन नसेकाकाले जन्ताको नैसर्गीक अधिकार हनन भएको अनुभुती हामी जनप्रतिनिधिहरुलाई भएको झा द्धारा जारी विज्ञप्तिमा उल्लेख छ। जन्ताको गुनासो सेवा सुविधाको बिषायहरु लिएर पटक पटक मेयरलाई जानकारी गराउँदा पनि उनको आल टाल रबैयाका कारण जन्ताहरु सेवा सुविधाबाट बञ्चित भएका छन् र जनप्रतिनिधि सँग कुनै सल्लाह नगरि आफू अनुकुल केही कर्मचारीलाई हाथमा लिएर एकलौटी ढङग बाट निर्णगर्दै अगाडी बढिरहेका कारणले गर्दा विज्ञप्तिमा झाले घोर आपत्ति जनाएकि छिन् ।
मैसम चिसो भएको बेला नगरपालिका बाट बितरण गरिएको दाउरा वास्तविक ठाँउमा नपुगि मेयरले आफ्ना कार्यकर्ताहरुको घरमा पुर्याएको सँगै बाढी पिडितको नाउँमा आएको रकम पनि पिडित काँहा पुग्न नसकेको र सो रकम पनि कार्यकर्ता भरणपोसनमा नै मेयरले खर्च गरेको विज्ञप्तिमा उल्लेख छ। नगरपालिकाको वडा नं ४ मा कर्मचारी भर्ना समेत मेयरले माप दण्ड बिपरित गरेको र बिना योग्यता पुगेको व्यक्तिलाई गलत तरिकाले भर्ना गरिएको विज्ञप्तिा भनिएको छ। 
विकास निर्माण्का कयौ कार्यहरु लथालिङ अवस्थामा रहेका र पटक—पटक आफुले मेयरलाई दबाब दिईरहे र अन्तमा भद्र सहमति गरि नगरपालिकाको परिषद गर्ने सहमतिमा पुगेको झाले विज्ञप्तिमा जानकारी गराएकी छिन् । परिषदमा पनि आफुलाई होच्याउने, हेप्ने र अपशब्द प्रयोग गर्ने कार्य भएको उनले बताएकी छिन् ।
यदि अगामी दिनमा पनि मेयको रबैया यस्तै रह्यो भने बाध्य भएर जन्ताको हक, हित र विकासको निमित कडा भन्दा कडा संघर्ष गर्नै विज्ञप्तिमा झाले चेतावनि दिएकि छिन् ।
सँगै आफुले चाल्न लागेको यस कदम प्रति सम्पूर्ण जन समुदाय, बुद्धिजिवि, पत्रकार, व्यपारी, बिद्यार्थी, युवा लगायत सँग समर्थनका लागी विज्ञप्तिमा औरहि नगरपालिकाकि उपमेयर रेणु झाले आग्रह गरेकि छिन् ।
 


यसमा तपाईको मत