• :
  • :
    • On Air
    • Mithilanchal Maithili News
    • Up Next
    • Mithilanchal Dallan(Repeated)

समाचार

आज वैशाख २ गत्ते जुड़शीतल,हिलो—हिलो खेली मनाइँदै

आज वैशाख २ गत्ते जुड़शीतल,हिलो—हिलो खेली मनाइँदै
मिथिलाञ्चल समाचारदाता
वैशाख २ गत्ते,जनकपुरधामा ।
आज वैशाख २ गत्ते जुड़शीतल । आजको दिन मिथिलाञ्चलमा  विहान—विहानै आफु भन्दा कान्छो घर तथा टोलका सदस्यको टाउकोमा अँजुलीले बासी पानी हाली जुडाईने चलन छ  । भने घरका कान्छो सदस्यहरुले घरका जेष्ठ सदस्यहरुलाई ढोगी आशिर्वाद लिने गर्दछन् ।
आज विहानै देखि घर—आँगन सफा गरेर हिजो साँझ नै बनाईएको बासी खानेकाुरा भात,कढ़ी (दही बाट बनाइने परिकार),बरी,मुन्गाको तरकारी, पकौरा लगायतका परिकारहरु घर तथा कोठाहरुको द्वार र चुल्होमा चढ़ाइने गरिन्छ ।
जुड़शीतलका दिन मान्छे मात्र हैन बोट—विरुवालाई पनि पानी हाली जुराउने परम्परा रहेको छ । आजकोे दिन हिलो—हिलो खेल्ने चलन पनि रहेको छ मिथिलाञ्चलमा ।
 


यसमा तपाईको मत