• :
  • :
    • On Air
    • Sapna sapne Rahigel Repeated
    • Up Next
    • Mithilanchal dallan Repeated

समाचार

अब कर्णाली प्रदेशमा विकासको गाडी तीव्र गतिमा गुड्छःप्रधानमन्त्री ओली

अब कर्णाली प्रदेशमा विकासको गाडी तीव्र गतिमा गुड्छःप्रधानमन्त्री ओली
बैशाख २ गत्ते , काठमाडौंक ।
प्रधामन्त्री केपी शर्मा ओलीले देश बनाउने दक्ष जनशक्ति उत्पादनका लागि गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने बताउनुभएको छ । आइतबार मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतले आयोजना गरेको नयाँ वर्षको शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै प्रधामन्त्री ओलीले यस्तो बताउनुभएको हो ।
 उहाँले अब कोही बालबालिका विद्यालय जानबाट वञ्चित हुन नदिने गरी सरकारले नयाँ अभियान थालेको जानकारी गराउनुभयो । प्रधानमन्त्री ओलीले मगुमा एक बालिकालाई आफूले भर्ना गरेर अभियानको सुरुवात गरेको बताउँदै अब कोही पनि निरक्षर नहुने दावी गर्नुभयो ।
प्रधानमन्त्री ओलीले अब कर्णाली प्रदेशलाई पछि पर्न नदिने बताउनुभएको छ । प्रधानमन्त्री भएपछि पहिलो पटक कर्णाली प्रदेशमा आउनु भएका प्रधानमन्त्री ओलीले विकासका दृष्टिकोणले पछि परेको कर्णाली प्रदेशलाई केन्द्रले प्राथमिकतामा राखेको बताउनुभयो ।
उहाँले अब कर्णालीमा विकासको गाडी तीव्र गतिमा अघि बढ्ने बताउनु भयो । ‘जिन्दगी भर एउटा घर कहिलेसम्म बनाइरहने ? विकास निर्माणका कामहरु छिटो र छरितो रुपमा गर्नुपर्छ । यस कारण र उस कारणले विकास भएन भनेर भन्नुहुँदैन’ उहाँले भन्नुभयो, ‘यस प्रदेशलाई कसरी बढाउने भनेर केन्द्र र प्रदेशले सोचेको छ । यहाँको विकासको गाडीको इन्जिन ठिक छ, अब विकासको गति अघि बढ्छ । हामीले अब विकास गर्नैपर्छ ।’
उहाँले कर्णाली प्रदेशमा कृषिको सम्भावना भएको बताउँदै कृषिको आधुनिकिकरणतर्फ सरकार केन्द्रीत हुने बताउनुभयो । प्रधानमन्त्री ओलीले कर्णालीका जडिबुटीको पहिचान, प्रशोधन, वितरण र प्रयोगमा ध्यान दिनुपर्ने पनि बताउनुभयो । कर्णाली प्रदेशलाई अर्गा्िनक बनाउन पनि लाग्नुपर्ने ओलीको भनाई छ ।
अब कर्णाली प्रदेशका सबै जिल्लाहरुमा सुर्खेतदेखि हवाई सेवा जोड्ने पनि प्रधानमन्त्री ओलीको दाबी छ । देश विकासका लागि जनप्रतिनिधीहरुले अब नेतृत्वदायी भूमिका खेल्नुपर्ने उहाँको भनाई छ । साथै उहाँले कृषि, जडिबुटी, स्वास्थ्य, पर्यटन, कृषिको विकासका लागि नयाँ ढंगले सोच्न पनि जनप्रतिनिधिलाई आग्रह गर्नुभयो ।
प्रधानमन्त्री ओलीले मध्यपश्चिमाञ्चल विश्वविद्यालयको निर्माणाधीन केन्द्रीय कार्यालयको भवनको पनि अनुगमन गर्नुभएको छ ।
 


यसमा तपाईको मत