• :
  • :
    • On Air
    • Sapna sapne Rahigel Repeated
    • Up Next
    • Mithilanchal dallan Repeated

समाचार

अस्थायी शिक्षकहरुको आन्तरिक परीक्षालाई नियुक्ति पत्र दिने माध्यम नबनाउनेः शिक्षामन्त्री पोखरेल

अस्थायी शिक्षकहरुको आन्तरिक परीक्षालाई नियुक्ति पत्र दिने माध्यम नबनाउनेः शिक्षामन्त्री पोखरेल
बैशाख २ गत्ते , काठमाडौंक ।
शिक्षामन्त्री गिरिराजमणि पोखरेलले अस्थायी शिक्षकहरुको आन्तरिक परीक्षालाई नियुक्ति पत्र दिने माध्यम नबनाउने बताएका छन् ।
विद्यार्थीहरुको विरोधपछि चैतमा तोकिएको अस्थायी शिक्षकको आन्तरिक परीक्षा रोकिएको छ । शिक्षा ऐनको नवौं संशोधनले हाल कार्यरत अस्थायी शिक्षकलाई सहज बनाउने गरी आन्तरिक प्रतिस्पर्धा गर्ने बाटो खोलेपछि विद्यार्थीहरुले विरोध गरेका थिए ।
मन्त्री पोखरेलले अब खुलातर्फ पनि विज्ञापन निकाल्ने प्रक्रिया अघि बढाइने बताए ।
शिक्षक सेवा आयोगले लिने परीक्षा गुणात्मक शिक्षक छनोटका लागि हुनुपर्ने भन्दै उनले भने, ‘जसलाई शिक्षण पेशामा राख्न जरुरी छैन, उनीहरुलाई नियुक्त पत्र दिन होइन ।’
 

 



यसमा तपाईको मत