• :
  • :
    • On Air
    • Tun Tun Kaka
    • Up Next
    • Mithilanchal News

समाचार

गौशाला नगरपालिकामा चर्को आवाजमा गीत बजाउन प्रतिबन्ध

गौशाला नगरपालिकामा चर्को आवाजमा गीत बजाउन प्रतिबन्ध
बैशाख ३ गत्ते, महोत्तरी ।
गौशाला नगरपालिकामा चर्को आवाजमा गीत बजाउन प्रतिबन्ध
महोत्तरीको गौशाला नगरपालिकाले ध्वनी प्रदुषण गर्नेगरी गीत बजाउनमा रोक लगाउने भएको छ । 
चर्को आवाजमा डिजेमार्फत गीत संगीत बजाएर ध्वनी प्रदुषण गराउने क्रम नरोकिएपछि नगरपालिकाले त्यसलाई प्रतिबन्ध लगाउने निर्णय गरेको गौशाला नगरपालिकाका नगरप्रमुख शिवनाथ महतोले जानकारी दिनुभयो ।
विवाह, व्रतबन्धजस्ता शुभकार्यमा भने मनोरञ्जनको लागि बजाइने बाजामा छुट दिएको उहाँले बताउनुभयो । यस्तो काममा बाजा बजाउनुपरे नगरपालिकाको कार्यालयलाई जानकारी गराउनुपर्ने नगरप्रमुख महतोले बताउनुभयो ।
 


यसमा तपाईको मत