• :
  • :
    • On Air
    • Sapna sapne Rahigel
    • Up Next
    • Hindi Filmi Songs

समाचार

अब एमाले–माओवादीले विकास गर्छन् तर अधिनायकवादकोः सभापति देउवा

अब एमाले–माओवादीले विकास गर्छन् तर अधिनायकवादकोः सभापति देउवा
बैशाख ३ गत्ते, भरतपुर ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले अधिनायकवाद सुरु गरिसकेको आरोप लगाउनुभएको छ । 
भरतपुर विमानस्थलमा सोमबार पत्रकारहरुसँग कुरा गर्दै उहाँले मनोमानी ढंगले सरकारले काम गरिरहेको बताउनुभयो । 
उहाँले भन्नुभयो, ‘सरकारले एकलौटी गर्न खोजेजस्तो देखिन्छ । अधिनायकवाद सुरु भइसक्यो । मनोमानी बढ्यो ।’ अर्को प्रश्नमा व्यंग्य गर्दै सभापति देउवाले भन्नुभयो, ‘अब विकास गर्छन् तर अधिनायकवादको ।’ 
सरकारको एक सय दिन हनिमुन समय भएको भन्दै उहाँले काम हेर्ने बताउनुभयो । ‘सुरुकै कामबाट धड्काधड्की विकास भएको छ’, उहाँले एमाले–माओवादीप्रति व्यंग्य गर्दै भन्नुभयो, ‘कुनै किसिमको सरसल्लाह छैन, आफ्नै तरिकाले गरेका छन्, काम गर्न सकेका छैनन् ।’ 
पार्टी त कमजोर भएको छ नि भन्ने प्रश्नमा उहाँले दुईवटा पार्टी मिलेपछि चुनावमा जित हार हुने कुरा स्वाभाविक भएको बताउनुभयो । उहाँले प्रजातन्त्रको रक्षाका लागि लड्ने र प्रजातन्त्रको मूल्य मान्यताअनुसार जनताको अधिकारका लागि कांग्रेस लडिरहने बताउनुभयो ।
 


यसमा तपाईको मत