• :
  • :
    • On Air
    • Bhojpuriya Whatsapp
    • Up Next
    • Nepal Khabar

समाचार

कार्यान्वयन गर्न सकिने कानून बनाउन शिक्षामन्त्रीलाई सरोकारवालाहरुको सुझाव

कार्यान्वयन गर्न सकिने कानून बनाउन शिक्षामन्त्रीलाई सरोकारवालाहरुको सुझाव
बैशाख ३ गत्ते, काठमाण्डौं ।
कार्यान्वयन गर्ने गरी कानून निर्माण गर्न शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई सरोकारवालाहरुले सुझाव दिएका छन् ।
नेपाल शिक्षक महासंघका अध्यक्ष बाबुराम थापाले कार्यान्वयनमा हुन नसक्ने कानून निर्माण गरेर अल्झिनुभन्दा कार्यान्वयन गर्न सुझाव दिए ।
वर्तमान आवश्यकतामा आधारित नेपालको शिक्षासँग सुहाउदो कानून निर्माण गर्नुपर्ने उनको भनाइ छ ।
एकीकृत अखिल नेपाल शिक्षक संगठनले आयोजना गरेको नेपालको विशिष्टतामा समाजवादी शिक्षाको प्रारुप’ र ग्रेडिङ प्रणाली र विषयगत उपलब्धी प्रमाणीकरण’ विषयक कार्यशालामा सहभागी सरोकारवालाले पुरानै ऐन, कानूनमा अल्झिन नहुने सुझाव समेत दिएका थिए ।
कार्यक्रममा विद्यार्थी नेता रञ्जित तामाङले मुलुकमा ठूलो परिवर्तन भइसक्दा पनि पुरानै ऐनलाई संशोधन गरेर शिक्षा क्षेत्र चलाइएको भन्दै छिटोभन्दा छिटो नयाँ ऐन निर्माण गरी शैक्षिक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए ।
कार्यक्रममा सहभागीहरुले गोल्डेन हेण्डसेकलाई पाखा लगाउने तयारी भएको भन्दै शिक्षा मन्त्री पोखरेलको ध्यानाकर्षण समेत गराएका थिए ।
 


यसमा तपाईको मत