• :
  • :
    • On Air
    • Up Next
    • Station Opening ( Bhajan)

समाचार

प्रदेश नं. २ सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

प्रदेश नं. २ सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित
वैशाख ४ गत्ते,जनकपुरधाम ।
प्रदेश नं. २ को सरकारको २०७४।०७५ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । सोमबार दिउँसो सवा १ बजेबाट बसेको प्रदेश सरकारको नीति तथा कार्यक्रमलाई नेपाली काँग्रेस बाहेक सबै दलले समर्थन गरेको हो ।
गत चैत २८ गते प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम विधेक पेश गर्नुभएको थियो । सत्तासीन दल संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालको संयुक्त सरकारले प्रदेशसभा बैठकमा पेश गरेको २० पृष्ठमा समेटिएको ६० बुँदे नीति तथा कार्यक्रमलाई प्रमुख प्रतिपक्षी दल बाम गठबन्धन घटक नेकपा एमाले र नेकपा माओवादी केन्द्रले समेत समर्थन जनाएको छ । प्रदेश सांसदहरुले बहुमत जनाएपछि प्रदेश सभामुख सरोज कुमार यादवले प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गर्नुभएको छ ।
उक्त नीति तथा कार्यक्रम उपर आजको प्रदेशसभा बेठकमा छलफल भएको थियो । बैठकमा बोल्ने अधिकांश प्रदेश सांसदहरुले प्रदेश सरकारको नीति कार्यक्रम समग्रमा राम्रो भएपनि केहि कुराहरु छुटेकाले समेट्न आग्रह गरेका छन् ।
प्रदेश सरकारले नीति तथा कार्यक्रममा कृषि क्षेत्रलाई जोड दिएको छ । कृषिलाई यस प्रदेशको मुख्य आधारशिलाको रुपमा कम व्याजदरमा ऋण , स्थानीय आवश्यक्ता अनुसार सिँचाईको व्यवस्था, कृषकले खोजेको बेला उन्नत विउविजन, रसायनिक मल,यन्त्रोउपकरण , किटनाशक औषधि तथा प्राविधिक तालिमको सहज उपलब्धता गराई बजार पहुँचलाई सुनिश्चित गर्न प्रदेश सरकारले नीति कार्यक्रममा विशेष जोड दिएको छ ।
‘ मुख्यमन्त्री बेटी बचाउ बेटी पढाउ’ अभियान अन्तर्गत छोरी जन्मे विमा कम्पनीसंग साझेदारीमा छोरीहरुको शिक्षा विमाको नीति ल्याउने र लिंग पहिचान गरी भ्रुणमै छोरीह त्या गर्नेलाई कडा कानुनी कार्वाही गर्न कानुन बनाउने प्रदेश सरले नीति लिएको छ । यस्तै महिला माथि हुने हिंसा रोक्न कडा कानुन बनाउने र लक्षित कार्यक्रमहरु गर्ने र कार्यक्रमहरुको नजिकबाट निगारानी गर्न महिला सुरक्षा डेस्क खडा गर्ने छ ।
सरकारको नीति कार्यक्रममा शिक्षा, स्वास्थ्य, सडक , बन्द उद्योगहरु सञ्चालन , पर्यटकीय स्थल बनाउन धामिर्क क्षेत्रहरुको संरक्षण सम्बर्धन लगायतमा जोड दिएको छ ।
आज प्रदेश सरको नीति तथा कार्यक्रम पारित गर्दै प्रदेशसभा बैठक मंगलबार दिउँसो २ बजेसम्मको लागि स्थगित भएको छ ।
 


यसमा तपाईको मत