• :
  • :
    • On Air
    • Bhojpuriya Whatsapp
    • Up Next
    • Nepal Khabar

समाचार

यशवन्त सिन्हाले छोडे बीजेपी

यशवन्त सिन्हाले छोडे बीजेपी
वैशाख ८ गत्ते ।
भारत सरकारका पूर्व केन्द्रीय मन्त्रीसमेत रहेका यशवन्त सिन्हाले भारतीय जनता पार्टी(बीजेपी) छोडेका छन् । आफूले चुनावी राजनीतिबाट समेत सन्यास लिएको बताउँदै बीजेपीसँग रहेको सबैखाले सम्बन्ध तोडेको सिन्हाले बताएका छन् । 
बिहारको पटनामा आयोजित एक कार्यक्रमका बीच अहिले भारतको लोकतन्त्र खतरामा रहेको बताउँदै सिन्हाले बीजेपी परित्यागको घोषणा गरेका हुन् । राष्ट्रिय मञ्च नाम दिइएको त्यो कार्यक्रममा गैरबीजेपी राजनैतिक दलहरुको सहभागिता रहेको थियो । यो मञ्चको गठन यशवन्त सिन्हा र बीजेपीका अर्का असन्तुष्ट नेता शतुघ्न सिन्हाले गरेका हुन् । 
कार्यक्रममा आम आदमी पार्टीका तर्फबाट आशुतोष र सञ्जय सिंह पनि सहभागी थिए । त्यस्तै कांगे्रस नेतृ रेणुका चौधरी पनि कार्यक्रममा उपस्थित थिइन् । 
यशवन्त सिन्हा अटल बिहारी बाजपेयी नेतृत्वको सरकारमा अर्थमन्त्री रहेका थिए । उनी मोदी सरकारको सबैभन्दा मुखर आलोचक पनि मानिन्छन् । उनले बीजेपीका सबै सांसदलाई राष्ट्रिय हितमा लाग्ल अपील गरेका छन् । 
 
 


यसमा तपाईको मत