• :
  • :
    • On Air
    • Up Next
    • Station Opening ( Bhajan)

समाचार

प्रदेश २ मा अन्तराष्ट्रिय क्रिकेट मैदान निर्माण गर्ने मुख्यमन्त्री राउतको घोषणा

प्रदेश २ मा अन्तराष्ट्रिय क्रिकेट मैदान निर्माण गर्ने मुख्यमन्त्री राउतको घोषणा
वैशाख ८ गत्ते,जनकपुरधाम ।
मुख्यमन्त्री लालबाबु राउतले प्रदेश नम्बर २ मा अन्तराष्ट्रिय क्रिकेट मैदान निर्माण गर्ने घोषणा गर्नुभएको छ ।
जनकपुरको बारहविग्हा रंगभूमी मैदानमा शुक्रबारदेखि सुरु भएको दीपक गुप्ता मेमोरियल क्रिकेट प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री राउतले प्रदेशमा खेलकुदको अवस्था दयनिय रहेको बताउनुभयो ।
प्रदेश सरकारले खेलकुदको अवस्था सुधार्नको लागि योजनाहरु ल्याउने उहाँले बताउनुभयो । खेलाडीको खेल जीवन सीमित समयको हुने गरेको छ, उहाँले भन्नुभयो–खेलाडीहरुको बाँकी जीवन व्यतित गर्ने व्यवस्था हुनुपर्छ ।
राष्ट्र खेलकुदको विकासप्रति उदासिन छ उहाँले भन्नुभयो–खेलाडीको लागि मैदान, समाग्रीको व्यवस्था हुनुपर्छ ।
अगामी दिनमा प्रदेशमा अन्तराष्ट्रिय स्तरको क्रिकेट मैदान बनाउने मुख्यमन्त्री राउतले घोषणा गर्नुभयो । क्रिकेटको लागि विशेष मैदान निर्माण गरिनेमा उहाँले विश्वस्त पार्नुभयो । तेश्रो दीपक गुप्ता मेमोरियल क्रिकेट प्रतियोगितामा देशभरिका टोलीहरु सहभागी छन् । धनुषा जिल्ला क्रिकेट संघको आयोजनामा हुन लागेको प्रतियोगिताको मुख्यमन्त्री राउतले ब्याटिङ गरेर उद्घाटन गर्नुभएको थियो
साभारःटुडेपाटी
 


यसमा तपाईको मत