• :
  • :
    • On Air
    • Up Next
    • Station Opening ( Bhajan)

समाचार

भारतीय प्रधानमन्त्री मोदीको हत्याको षड्यन्त्र रचेको आरोपमा रफीक पक्राउ

भारतीय प्रधानमन्त्री मोदीको हत्याको षड्यन्त्र रचेको आरोपमा रफीक पक्राउ
वैशाख ११ गत्ते ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हत्याको षड्यन्त्र रचेको आरोपमा भारतीय प्रहरीले एक जनालाई पक्राउ गरेको छ । 
सन् १९९८ मा कोयम्बटूरमा गराइएको बम विस्फोटमा दोषी ठहरिएका मोहम्मद रफीकलाई तामिलनाडु प्रहरीले मंगलबार पक्राउ गरेको हो । उनलाई गिरफ्तारपछि १५ दिनको न्यायिक हिरासतमा राखिएको छ । उनले सन् १९९८ म भएको बम विस्फोटको मुद्धामा पाएको सजाय पूरा गरिसकेका छन् । 
 
भारतीय समाचार संस्था एएनआईका अनुसार आरोपी मोहम्मद रफीकको टेलिफोन रेकर्डिङ प्रहरीले फेला पारेको छ । जसमा रफीकले प्रकाश नाम गरेका व्यापारीसँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हत्याको योजना बनाएको कुरा भएको प्रहरीले बताएको छ ।
रफीकले प्रकाशसँग गरेको कुराकानी सामाजिक सञ्जालमा पनि बाहिरिएको छ । रफीकले आफ्नो योजना सुनाउँदै प्रकाशसँग भनेका छन्, ‘मैले प्रधानमन्त्री नरेन्द्र मोदीको हत्या गर्ने निर्णय लिएको छु । मैले नै कोयम्बटूर भ्रमणमा रहेका बेला बीजेपी नेता लालकृष्ण आडवाणीलाई लक्षित गरेर बम विस्फोट गराएको थिएँ ।’ तामिलनाडुको कोयम्बटूरमा भएको बम विस्फोटमा ५८ जनाको ज्यान गएको थियो ।  
 


यसमा तपाईको मत