• :
  • :
    • On Air
    • Up Next
    • Station Opening ( Bhajan)

समाचार

भारतीय प्रधानमन्त्री मोदीलाई जनकपुरधाममा नागरिक अभिनन्दनको तयारी

भारतीय प्रधानमन्त्री मोदीलाई जनकपुरधाममा नागरिक अभिनन्दनको तयारी
वैशाख १२ गत्ते,जनकपुरधाम ।
 
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुईदिने भ्रमणका लागि २८ वैशाखमा नेपाल आउने कार्यतालिकाअनुसार तयारी सुरु भएको छ । यद्यपि, भ्रमण मितिको औपचारिक टुंगो भने लागेको छैन । प्रदेश २ सरकारले जनकपुरमा मोदीको नागरिक अभिनन्दन गर्ने तयारी गरेको छ । जानकी मन्दिरमा उनले विशेष पूजाअर्चना गर्ने कार्यतालिका छ ।
‘भ्रमणको मिति औपचारिक रूपमा आएको छैन, तर हामी २८ वैशाख बिहानै मोदीजीलाई जनकपुरमा स्वागत गर्ने तयारीमा छौँ,’ प्रदेश सरकारका भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनलले भने, ‘बिहान ९ बजे उहाँको सम्मानमा नागरिक अभिनन्दन गर्ने जिम्मा प्रदेश सरकारले लिएको छ ।  नागरिक अभिनन्दन जानकी मन्दिर वा बाह्र बिघामा क्षेत्र मध्ये एक स्थानमा गरिने तयारी भएको छ। जनकपुर भ्रमणको सबै व्यवस्थापन हामी लिन्छौँ । तर, त्यही मितिमा उहाँ आउने हो कि होइन भन्नेचाहिँ तय हुन बाँकी छ ।’
मोदीको सम्भावित भ्रमण व्यवस्थापनका विषयमा मंगलबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मन्त्रालयका सचिव, सहसचिवसँग छलफल गरेका थिए । शिष्टाचार अधिकारीले मोदीको सम्भावित भ्रमणबारे ब्रिफिङ गरेका थिए ।
मोदीले नेपाली समकक्षी केपी शर्मा ओलीसँग २९ वैशाखमा भेटवार्ता गर्ने गरी कार्यतालिका बनिरहेको छ । मोदीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्ने तथा मोदीसँग पूर्वप्रधानमन्त्री तथा राष्ट्रिय राजनीतिक दलका शीर्ष नेताले भेटवार्ता गर्ने कार्यतालिकामा छलफल भइरहेको छ ।
 

 



यसमा तपाईको मत