• :
  • :
    • On Air
    • Bhojpuriya Whatsapp
    • Up Next
    • Nepal Khabar

समाचार

अमेरिकाबाट नौ हजार नेपालीलाई फिर्ता पठाउने ट्रम्पको तयारी

अमेरिकाबाट नौ हजार नेपालीलाई फिर्ता पठाउने ट्रम्पको तयारी
वैशाख १२ गत्ते,काठमाडौं ।
अमेरिकाको होमल्याण्ड सेक्युरिटी डिपार्टमेन्टले करीब नौ हजार नेपालीको आवासीय अनुमति रद्द गर्ने तयारी गरेको छ । ट्रम्प प्रशासनले गरेको उक्त आन्तरिक तयारीका बारेमा कुरा गर्दै होमल्याण्ड सेक्युरिटी सचिव ’क्रिसजेन नाइलसेन’ले नेपालीहरूलाई एक वर्षको अतिरिक्त समय दिन सकिने बताएकी छिन् । तर २०१९ को जुनदेखि देश निकालाको प्रक्रिया शुरु हुनेछ । 
 
तीन वर्षअघिको विनासकारी भूकम्पपछि नेपालीलाई टीपीएस (टेम्पोररी प्रोटेक्टेड स्ट्याटस) दिन शुरु गरेको अमेरिकाले हाल आएर उक्त प्रावधान हटाउने भएको हो । टीपीएसको प्रावधान सन् १९९० मा ल्याइएको थियो । 
यसको मुख्य उद्देश्य प्राकृतिक प्रकोप र द्वन्द्वबाट पीडित भएर अमेरिका आएकाहरूलाई अमेरिकामै सुरक्षित तरिकाले राख्ने र फिर्ता नपठाउने भन्ने थियो । तर आप्रवासीहरूप्रति शुरुदेखि नै कडा रवैया देखाएका हालका अमेरिकन राष्ट्रपति डोनाल्ड ट्रम्पले सत्ता सम्हालेलगत्तै अमेरिकाको सुरक्षाका लागि आप्रवासीहरूलाई फिर्ता पठाउने विभिन्न कदमहरू चालेका छन् ।  
अमेरिकाको होमल्याण्ड सेक्युरिटीले हालसम्म साल्भाडोरका दुई लाख र हाइटीका ५० हजार नागरिकलाई फिर्ता पठाइसकेको छ । त्यसैगरी सुडानी र निकारागुवाका नागरिकहरू पनि भटाभट आफ्नै देश फर्किंदै छन् ।
 


यसमा तपाईको मत