• :
  • :
    • On Air
    • Up Next
    • Mithilanchal News

समाचार

नाबालिग बलात्कारमा आसारामलाई आजीवन कैद सजाय

नाबालिग बलात्कारमा आसारामलाई आजीवन कैद सजाय
वैशाख १२ गत्ते ।
जोधपुरको विशेष अदालतले नाबालिग बलात्कारमा आसाराम बापूलाई आजीवन कैदको सजाय सुनाएको छ । आसाराम अहिले ७७ वर्षका भए ।
 
अदालतले बुधबार बलात्कारको मुद्दामा उनलाई दोषी ठहर गरेको थियो ।
 
शिल्पी र सरदारलाई २०(२० वर्ष जेल सजाय सुनाएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
 
आराराममाथि २०१३ मा आफ्नै आश्रममा १६ वर्षकी किशोरीको बलात्कार गरेको आरोप थियो । किशोरीका आमाबुबा आसारामका भक्त थिए । एक दिन स्कुलमा किशोरी लडेपछि बाबुआमाले उनलाई आश्रममा लिएर गए । त्यही आश्रममा आसारामले किशोरीलाई बलात्कार गरेको प्रहरीले बताएको छ ।
 
१५ अगष्ट २०१३ मा बलात्कृत भएकी किशोरीले पाँच दिनपछि प्रहरीमा उजुरी दिएका थिए । आशाराम इन्दौरबाट पक्राउ परे । उनी अहिले पनि प्रहरी हिरासतमा छन् ।
 


यसमा तपाईको मत