• :
  • :
    • On Air
    • Up Next
    • Station Opening ( Bhajan)

समाचार

निराशाजनक प्रदर्शनपछि गम्भीरले दिए दिल्लीको कप्तानबाट राजीनामा, अय्यर बने नयाँ कप्तान

निराशाजनक प्रदर्शनपछि गम्भीरले दिए दिल्लीको कप्तानबाट राजीनामा, अय्यर बने नयाँ कप्तान
वैशाख १३ गत्ते ।
आईपीएल क्रिकेट २०१८ मा दिल्ली डेयरडेभिल्सको निराशाजनक प्रदर्शनपछि गौतम गम्भीरले कप्तानबाट राजीनामा दिएका छन् । 
 
आईपीएलका खेल्न बाँकी खेलमा भने युवा ब्याट्सम्यान श्रेयस अय्यरले दिल्लीका लागि कप्तानको भूमिका निर्वाह गर्नेछन् । 
 
दुई पल्ट कोलकाता नाइटराइडर्सलाई आईपीएल च्याम्पियन बनाएका गौतम गम्भीरलाई यस पटक दिल्लीले किनेको थियो । मूल रुपमा दिल्ली निवासी गम्भीरको टिमको कप्तान बनाइएको थियो । गम्भीरले पत्रकार सम्मेलन गर्दै दिल्लीको कप्तानबाट राजीनामा दिएको बताएका हुन् । उनले पत्रकारहरुसँग भने, ‘यो मेरो निर्णय हो, मैले आफ्नो तर्फबाट टिमलाई महत्वपूर्ण योगदान दिन सकिनँ । टिमको कप्तान भएकाले यो सबैको जिम्मेवारी मैले लिनुपर्छ ।’ उनले यो प्रतियोगितामा दिल्लीको जे–जस्तो प्रदर्शन छ त्यसको जिम्मेवार आफू भएको पनि बताएका छन् । 
 
दिल्ली डेयरडेभिल्सको नयाँ कप्तान नियुक्त भएपछि श्रेयस अय्यरले भने, ‘नेतृत्व दिइएकोमा म टिम म्यानेजमेन्ट र प्रशिक्षकहरुलाई धन्यवाद दिन चाहन्छु । यो मेरो लागि ठूलो सम्मान हो ।’
 
दिल्ली डेयरडेभिल्स नेपाली खेलाडी सन्दीप लामिछाने अनुबन्धित भएको टिम हो । उनलाई दिल्लीले २० लाख भारतीय रुपैयाँमा किनेको थियो । तर पनि दिल्लीले खेलेका ६ खेलमा सन्दीपलाई टिम ११ मा ठाउँ दिइएन । नयाँ कप्तान आएपछि दिल्ली नयाँ रणनीतिसहित मैदानमा उत्रने सम्भावना रहेको छ । यस्तोमा सन्दीपले टिम ११ मा ठाउँ पाउने सम्भावना रहेको छ । 
 
दिल्लीले ६ खेलमध्ये एक मात्रै खेल जितेको छ । उ अंकतालिकामा पुछारमा रहेको छ ।  
 


यसमा तपाईको मत