• :
  • :
    • On Air
    • Bhojpuriya Whatsapp
    • Up Next
    • Nepal Khabar

समाचार

‘इयरफोन’ को कारणले १३ जना विद्यार्थीको ज्यान गयो

‘इयरफोन’ को कारणले  १३ जना विद्यार्थीको ज्यान  गयो
वैशाख १३ गत्ते ।
भारतको उत्तर प्रदेशको कुशीनगर रेल र स्कुल भ्यान एक आपसका ठोक्किँदा १३ जना विद्यार्थीको ज्यान गएको छ । आठ जना विद्यार्थी गम्भीर घाइते भएका छन् ।
मानवरहित रेल्वे क्रसिङ पार गर्ने क्रममा बसका चालकले रेलको आवाज नसुनेकाले दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
दुर्घटनास्थल पुगेका उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले चालको गम्भीर लापरवाहीले गर्दा दुर्घटना भएको बताएका छन् । चालकले गाडी चलाउँका कानमा इयरफोन लगाएको बताउँदै उनको उमेरलाई लिएर पनि अनेकौँ प्रश्न उठाइएको छ । मुख्यमन्त्री योगीले दोषीमाथि कडा कारवाही हुने प्रतिवद्धता व्यक्त गरेका छन् ।
घटनास्थलमा रहेका केही प्रत्यक्षदर्शीका अनुसार एक जना व्यक्तिले स्कुल भ्यानका रेल आइरहेको चेतावनी दिए पनि चालकले बेवास्ता गर्दा दुर्घटना हुन गएको बताएका छन् । 
भ्यानमा २५ जना विद्यार्थी रहेका थिए । प्रत्यक्षदर्शीका अनुसार भ्यान र रेल ठोक्किएको आवाज पर–परसम्म सुनिएको थियो । दुर्घटनामा ज्यान गुमाएका विद्यार्थीको परिवारलाई जनही दुई लाख रुपैयाँ क्षतिपूर्ति दिने मुख्यमन्त्री योगी आदित्यनाथले घोषणा गरेका छन् । 
 
उत्तर प्रदेशमा यसअघि पनि चालककै लापरवाहीले गर्दा यस्ता दुर्घटना भएका छन् । सन् २०१६ मा भदोहीमा स्कुल भ्यान र रेल ठोक्किँदा १० जना विद्यार्थीको ज्यान गएको थियो ।
 


यसमा तपाईको मत