• :
  • :
    • On Air
    • Up Next
    • Swasthya paricharcha

समाचार

पाकिस्तानका पूर्वप्रधानमन्त्री शरीफ पछि विदेश मन्त्रीलाई अदालतद्वारा अयोग्य घोषणा

पाकिस्तानका पूर्वप्रधानमन्त्री शरीफ पछि विदेश मन्त्रीलाई अदालतद्वारा अयोग्य घोषणा
वैशाख १४ गत्ते ।
पाकिस्तानी अदालतले बिहीबार एक फैसलामार्फत पाकिस्तानी विदेश मन्त्री खावाजा असिफलाई पदमा रहिरहन अयोग्य घोषणा गरेको छ। 
 
अदालतको पछिल्लो फैसलासँगै पाकिस्तानी सत्ताधारी दल पाकिस्तान मुस्लिम लिग–नवाज (पिएमएल–एन) पार्टीले अर्को ठूलो चोटको सामना गर्नुपरेको छ। 
 
यसै वर्ष निर्वाचन गर्न राष्ट्रव्यापी तयारीमा जुटेको सरकारका मन्त्री र सरकारको नेतृत्व गरेको दलका नेतालाई एकपछि अर्को अयोग्यताको विल्ला भिराइनुले सत्ताधारी दललाई नैतिक चोट लागेको छ। 
 
पिएमएलएनका पूर्वअध्यक्ष तथा पूर्वप्रधानमन्त्री नवाज शरीफलाई पाकिस्तानी सर्वोच्च अदालतले उनको परिवारमाथि लागेको आर्थिक अनियमितता तथा भ्रष्टाचार आरोपबारे विचार सुनाउँदै गत वर्षको जुलाईमा सत्तामा रहिरहँदा मुद्दा प्रभावित बन्नसक्ने भन्दै सरकारमा रहिरहन अयोग्य घोषणा गरेको थियो। त्यसपछि उनलाई सत्ताधारी दल पिएमएलको अध्यक्ष रहन पनि अयोग्य भएको घोषणा अदालतले गरेको थियो। 
 
यसपहिले पाकिस्तानको रक्षा मन्त्रालय सम्हालेका असिफलाई संयुक्त अरब इमिरेट्सका लागि कैयौँ श्रम इजाजत पत्र घोषणा गर्न नसकेको, तथा पाकिस्तानको निर्वाचन कानूनको विपरीत काम हुने गरी निर्णय लिएकोलगायतका विषयमा दोषी ठहर गर्दै पदमा रहन अयोग्य घोषणा गरिएको छ। 
 
‘अदालतले प्रतिवादी असिफलाई आगामि आम निर्वाचनमा प्रतिस्पर्धा गर्न नै अयोग्य रहेको ठहर गरेको छ,’ अदालतको निर्णयमा भनिएको छ। 
 
पिएमएल–एनका इमान्दार मानिने नेता तथा शरीफका निकटस्थ असिफलाई पाकिस्तानको सैनिक संगठनमा राजनीतिक हस्तक्षेप गरेको भनी उनको आलोचना पनि गरिँदै आएको थियो। राससरएएफपी
 


यसमा तपाईको मत