• :
  • :
    • On Air
    • Up Next
    • Station Opening ( Bhajan)

समाचार

पाकिस्तानका गृहमन्त्री इकबालमाथि गोली प्रहार

पाकिस्तानका गृहमन्त्री इकबालमाथि गोली प्रहार
वैशाख २४ गत्ते ।
पाकिस्तानका गृहमन्त्री अहसान इकबालमाथि गोली प्रहार भएको छ । इकबालका सहयोगी असिम खानले गृहमन्त्रीलाई गोली लागेको पुष्टि गर्दै अहिले खतरामुक्त रहेको बताएका पाकिस्तानी संचार माध्यमले जनाएका छन् । 
गृहमन्त्री इकबाललाई पाखुरामा गोली लागेको खानले बताउनु भएको छ । उहाँलाई पन्जाव प्रान्तको नारोवाल शहरमा भएको कार्यक्रममा गएका बेला गोली लागेको हो ।  गोली लागे लगत्तै उहाँलाई तुरुन्त अस्पताल र्पुयाइएको थियो । प्रहरीले आक्रमणकारीलाई पक्राउ गरेको छ ।  गृहमन्त्री इकबालमाथि के कारणले गोली चलाइयो भन्ने बारे खुलेको छैन ।
पाकिस्तानी प्रधानमन्त्री शाहीद खकान अब्बासीले आक्रमणको निन्दा गर्दै घाइते मन्त्रीको शीघ्र स्वास्थ्य लाभको कामना गर्नु भएको छ । यस्तै पाकिस्तानका सबै राजनीतिक पार्टीले घटनाको आलोचना गरेका छन् । पाकिस्तानमा अबको केही महिना पछि आम  चुनाव हुँदैछ । चुनाव अघि गृहमन्त्रीमाथि गोली प्रहार भएको हो । 
 


यसमा तपाईको मत