• :
  • :
    • On Air
    • Mithilanchal News
    • Up Next
    • Sapna sapne Rahigel

समाचार

फोर्ब्सको सूची सार्वजनिक, सी जिनपिङ सबैभन्दा शक्तिशाली व्यक्ति

फोर्ब्सको सूची सार्वजनिक, सी जिनपिङ सबैभन्दा शक्तिशाली व्यक्ति
वैशाख २६गत्ते । 
फोर्ब्स पत्रिकाले विश्वका शक्तिशाली ७५ व्यक्तिहरूको सूची सार्वजनिक गरेको छ ।
सूचीमा चीनका राष्ट्रपति सी जिनपिङ पहिलो स्थानमा छन् । संविधान संशोधन गरेर अनिश्चितकालीन कार्यकाल बनाएका सीले माओपछिका शक्तिशाली चिनियाँ नेताको छवि बनाएका छन् ।
दोस्रो स्थानमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिन छन् । उनी विगत १८ वर्षयता रुसको सत्तामा रहेका छन् । हालै मात्र उनी ७७ प्रतिशत मतका साथ चौथो कार्यकालका लागि निर्वा्चित भएका थिए ।
अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प तेस्रो स्थानमा छन् । संसारको सबभन्दा ठूलो आर्थिक तथा सैन्य शक्तिका प्रमुखका हैसियतमा उनी त्यस स्थानमा रहेका हुन् ।
चौथो स्थानमा जर्मनी चान्सलर अंगेला मर्कल छिन् । अमेजनका संस्थापक जेफ बेजोस पाँचौं स्थानमा छन् ।
उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ–उन ३६औं स्थानमा छन् भने दक्षिण कोरियाका राष्ट्रपति मून जे–इन ५४औं स्थानमा छन् ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी ६७औं स्थानमा छन् ।
 


यसमा तपाईको मत